English

बैठक कोठाले झल्काउँछ तपाईंको व्यक्तित्व



घरको सबैभन्दा महत्वपूर्ण स्थान हो, बैठक कोठा । पाहुनाको सत्कारदेखि विभिन्न घरका कार्यक्रमहरू बैठक कोठामै हुने भएकोले यसको सरसफाइ र सजावटमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बैठक कोठा सजाउन यी कुरामा विशेष ध्यान दिनुहोस् ।

प्राकृतिक उज्यालो

प्राकृतिक उज्यालो जहिले पनि कृत्रिम भन्दा आनन्ददायक हुने हुँदा बैठक कोठामा घामको प्रकाश ल्याउनुपर्छ । झ्यालबाट आएको उज्यालो प्रकाशले बेग्लै किसिमको सौन्दर्य प्रदान गर्छ ।

फर्निचरको छनोट

बैठक कोठामा आवश्यक फर्निचर मात्र राख्नुहोस् । साथै दराज, खाट र सोफा सामान्य खालको राख्नुपर्छ । कोठाको रङसँग सुहाउँदो फर्निचर राख्दा अझ सुन्दर देखिन्छ ।

कलाकृति

पछिल्लो समय बैठक कोठा सजाउन पेन्टिङ राख्ने चलन बढ्दो छ । महँगो कलाकृतिमा मोटो रकम खर्च नगरी आकर्षक चीजहरूको सिर्जना गरेर पनि कोठा सजाउन सकिन्छ । सिर्जनात्मक तरिकाले कुनै आकर्षक चीजहरू बनाई टेबलमा सजाएर पनि राख्न सकिन्छ ।

पर्दा

बैठक कोठालाई आकर्षक बनाउन सुहाउँदो पर्दाको छनोट गर्न आवश्यक हुन्छ । किनभने त्यसले कोठाको आकर्षण सुधार्न मद्दत पुर्याउँछ । साथै, पर्दाको छनोट गर्दा भित्ताको र फर्निचरको रङसँग म्याचिङ गराउनुपर्छ ।

कुशन

विभिन्न रंगका सुन्दर कुशन राख्नाले बैठक कोठाको बनोटमा सुन्दरता थपिन्छ । पछिल्लो समय बैठक कोठामा आकर्षक कुसनको प्रयोग पनि बढ्दै गइरहेको छ ।

यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested