English

दसैं अनुभव

‘नर्सलाई दसैं बिदा भन्दा पनि बिरामीको खुशी प्यारो लाग्छ’



अमृता विश्वकर्मा, नर्स, भक्तपुर अस्पताल

अमृता विश्वकर्मा भक्तपुर अस्पतालकी नर्स हुन् । १६ वर्ष लामो सेवा अवधिमा उनले ३, ४ वटा दसैंमा मात्र बिदा बसेकी छन् । उनलाई दसैंमा बिदा बस्न, परिवारसँग रमाउन मन नभएको कहाँ हो र ? उनले अँगालेको पेसा नै त्यस्तै छ । जहाँ चाडपर्व, रितीरिवाजभन्दा माथि बिरामी हुन्छन् । उनीहरुको सेवामा रातदिन खटिँदा कतिपय महत्वपूर्ण चाडपर्व तिनै बिरामीको सामिप्यमा बिताउन बाध्य हुन्छन् । तैपनि अमृताको कुनै गुनासो छैन । ‘हाम्रो पेसा नै यस्तो हो,’ उनी भन्छिन्, ‘सुरुसुरुमा दसैंमा बिदा नमिल्दा दुःख लाग्थ्यो । तर, अहिले बानी परिसक्यो । दसैंको रमाइलो भन्दा बिरामीको खुशी भएको देख्दा गर्व लाग्छ ।’

अहिले उनी जुनियरलाई दसैंमा घर पठाएर आफू ड्युटी गर्न आउँछिन् । किनकी सुरुसुरुमा आफूले दसैंमा बिदा नपाउँदा भोगेको पीडा सम्झिन्छिन् । तर, मान्छेको मनै हो । सबैकुरा त्याग गरेपनि आफूले रमाउँदै, मनाउँदै आएको परम्परालाई त कहाँ भुल्न सक्छन् र ? त्यसैले अमृतालाई पनि दशैंको टिकाको दिन सबैजना रातो टिका पहेंलो जमरा लगाएर हिँडेको, सामाजिक सञ्जाल तस्बिर पोष्ट देखेपछि कता कता मन खिन्न हुन्छ । ‘कहिले त ड्युटीले गर्दा टिका लगाउनै पाउँदिन,’ उनी भन्छिन्, ‘घरमा टिकाटालो गरेको सम्झँन्छु, फूर्सद भए भिडियो कल गरेर चित्त बुझाउँछु ।

अहिले उनी जुनियरलाई दसैंमा घर पठाएर आफू ड्युटी गर्न आउँछिन् । किनकी सुरुसुरुमा आफूले दसैंमा बिदा नपाउँदा भोगेको पीडा सम्झिन्छिन् । तर, मान्छेको मनै हो । सबैकुरा त्याग गरेपनि आफूले रमाउँदै, मनाउँदै आएको परम्परालाई त कहाँ भुल्न सक्छन् र ? त्यसैले अमृतालाई पनि दशैंको टिकाको दिन सबैजना रातो टिका पहेंलो जमरा लगाएर हिँडेको, सामाजिक सञ्जाल तस्बिर पोष्ट देखेपछि कता कता मन खिन्न हुन्छ । ‘कहिले त ड्युटीले गर्दा टिका लगाउनै पाउँदिन,’ उनी भन्छिन्, ‘घरमा टिकाटालो गरेको सम्झँन्छु, फूर्सद भए भिडियो कल गरेर चित्त बुझाउँछु ।’


उनले अहिलेसम्म पाँच जिल्लामा स्वास्थ्य सेवा गरेको अनुभव हासिल गरिसकेकी छिन् । तर, १६ वर्षको यो अवधिमा आफूले सोचे जस्तो गरि दसैं मनाउन नपाएको उनी सुनाउँछिन् । ‘दसैंको दिन होस् वा अन्य कुनै पर्व घरको सम्झना आउँछ,’ उनी भन्छिन्, ‘कहिले त भक्कानिन्छु तर, सम्हालिनु बाहेक विकल्प छैन ।’

यो पनि पढ्नुहोस् :
भारतबाट नेपाल भित्रिने मानिसको लर्को अझै रोकिएन
दशैंको मुखमा पनि भारत जानेको लर्को उस्तै
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र