English

‘जीवनकै पहिलो अवार्डले उर्जा थपेको छ’



स्याङ्जाकी ज्योति गुरुङ डेढदसकदेखि बेलायतमा छिन् । सानैदेखि गीतसंगीत र लेखनप्रतिको मोहले उनलाई सात समुद्रपारि समेत कुत्कुत्याई रहन्छ । मनमा उर्लेका भावलाई उनी शब्दमा उतार्न रुचाउछिन् । चाहे ती कथा आफ्नै हुन् वा समाजका । ‘यो कस्तो माया’, ‘मुटुको टुक्रा’ र ‘परदेशी छोरी’ उनकै शब्दमा बाहिर आएका श्रव्यदृष्य हुन् । समाजका फरक–फरक पक्षलाई उजागार गरिएको गीतलाई मेलिना राई, देवी घर्तीमगर र सुनिता दुलालले स्वरबद्ध गरेका छन् । प्रवासमा बसोबासरत् महिलाहरुको कथाव्यथा समेटिएको यिनको पछिल्लो तीज कोसेली ‘परदेशी छोरी’ ले ‘छायाँछवि तीज म्युजिक भिडियो अवार्ड २०७८’ मा उत्कृष्ट शब्दतर्फ पुरस्कार जितेको छ । मेरोलाइफस्टाइलकर्मी सुमित्रा लुइंटेलले उनीसँग गरेको कुराकानी :

परदेशमा बसेर तीज गीत सिर्जना गर्ने सोच कसरी आयो ?

मेरो पारिवारिक वातावरण नै एकदमै संगीतमय थियो । म स्याङ्जामा जन्मिए, गीतसंगीतप्रतिको रुचि मेरो सानै देखिको हो । म आफै पनि गजल, कबिता, साहित्य कोर्ने गर्थे तर त्यो सबै कागजको पानामा मात्र सीमित हुन्थ्यो । मेरो सृजनालाई बाहिर ल्याउनु पर्छ भन्ने सोचले गर्दा नै यस क्षेत्र तर्फ तानिएकी हुँ ।

आफूले कोरेका शब्दले उत्कृष्ट अवार्ड जित्दा कस्तो लाग्यो ?

एकदमै खुसी लाग्दोरहेछ । यो मेरो जीवनकै पहिलो अनुभव हो । यो अनुभव दर्शकश्रोता सामु साट्न पाउदा एकदमै खुसी छु । मेरो मनका भावना गीतसंगीत मार्फत उजागार गर्न पाउँदा र त्यसलाई सबैले रुचाएर अवार्ड नै हात पार्दा एकदमै उर्जा मिलिरहेको छ । जिम्मेवारी थपिएको महसुुस गरेकी छु ।

बेलायतमा तीजको कस्तो क्रेज छ ?

कोरोनाका कारणले पोहोरपरार जस्तो रमझमको माहौल त थिएन । तर राम्रै भयो ।

यो गीतबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?

‘परदेशी छोरी’ म आफैलाई परेको घटना हो । म लगायत नेपाल बहिर बसोबास सम्पूर्ण नेपाली महिलाहरूको पीडालाई व्यक्त गर्नाका लागि यो गीत लेखेको थिए । गीतसंगीतलाई माया गर्नुहुने दिदीबहिनीहरूले मन पराई दिनु भएको छ । राम्रै प्रतिक्रिया पाएकी छु ।

अब आउने दिनमा के–कस्ता रचना गर्ने सोच छ ?

यस्तै आधुनिक लोकभाकाका गीतहरू हुनेछन् । अब केही दिनमा आधुनिक गीत पनि बजारमा ल्याउँदै छु ।

यो पनि पढ्नुहोस्
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
छाउन थाले तीजका भाका– कतै ताली कतै गाली
करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)
सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested