English

गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक



गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द रहेको उक्त गीत जे.जी. क्रियसन युट्युब च्यानलमार्फत बिहिबार सार्वजनिक भएको हो ।

सो गीतमा सुरज लामिछानेको संगीत रहेको छ । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन पनि लामिछाने नै गरेका हुन् । गीतको भिडियोलाई लण्डनमा छायाँकन गरिएको हो । कुशल श्रेष्ठको निर्देशन, सम्पादन तथा छायाँकन रहेको उक्त भिडियोमा तेन्याङ रानाले नृत्य निर्देशन गरेकी छिन् ।

भिडियोमा गीतकार गुरुङसँगै, निरु कोइराला, आस्था जोशी, बिनु लामिछाने घिमिरे, रिमा कँडेल, गुरुङ रत्न, सरला पौडेल, सबु सेन, दिपिका श्रेष्ठ, दया गुरुङ, ममता राई, मुना राउत, काभ्या कृति, राधा गुरुङ, बिना राई, रोशन राई लगायतको अभिनय रहेको छ ।

गीतमा आमा र परदेशमा रहेकी छोरीको कथालाई प्रस्तुत गरिएको छ । त्यसो त गीतको सुरुवाती टुक्काले नै भन्छ ‘तीजैको दर पकाउँदी हौ आमाले, खाइदिने कोही छैन घरमा बरिलै… अभागी छोरी परदेशैमा रुँदै छु, के लेख्या रैछ कर्म बरिलै…।’ साथै, परदेशमा रहेकी चेलीले तीज आएपछि नेपाललाई कसरी सम्झिन्छिन् भन्ने कुरा पनि गीतमा पाइन्छ ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested