English

‘आयोगको परीक्षा कुर्दाकुर्दै उमेर गयो’



काठमाडौं कपनका राम प्रसाद लुईंटेलले खानेपानी संस्थानमा मिटर रिर्डर पदका लागि आवेदन दिएको वर्षदिन पुग्यो । आवेदन दिँदा उनी ३५ वर्षका थिए । तर अहिले लोकसेवा आयोगले परीक्षा लिन नसक्दा तोकिएको उमेर हद नाघिसकेको छ ।

लोकसेवा आयोगले निजामति कर्मचारीको उमेर हद १८ वर्षदेखि पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष निर्धारण गरेको छ । आयोगको उमेर हदको नियमानुसार लुईंटेल अब आयोगको परीक्षामा सहभागी हुन पाउँदैनन् । तर संस्थान तथा आयोगद्वारा कुनै सूचना जारी नभएकोले अझै परीक्षामा सहभागी हुन पाइन्छ कि भन्ने उनको आश छ । उनले आवेदन दिइसकेपछि पनि परीक्षाको बारेमा धेरै पटक लोक सेवाको केन्द्र र खानेपानी संस्थानमा फोन गरेका थिए । उनलाई केन्द्र र संस्थानबाट कोरोनाको कारणले कुनै निर्णय नभएको मात्र जानकारी दिइयो ।

‘वर्षदिनसम्म कुनै निर्णय नहुँदा सोधपुछको लागि गएँ, तर कोरोनाको कारणले परीक्षाबारे कुनै निर्णय नलिएको मात्र भन्नुभयो’, उनी भन्छन् ‘आफ्नो मान्छे नभएर होला यसबारे जति चासो राखे पनि केही गर्न सकिएन, मैले गरेको मेहनत र पैसा खेर गयो ।’

त्यस्तै धनगढी नगरपालिका वडा नं.१२ जुगेडाकी शुसिला राईको पनि आयोगको परीक्षामा सम्मेल हुने उमेर हद नाघिसकेको छ । विगत १०–१२ वर्ष आयोगकै तयारीमा रहेकी शुसिलाको यो वर्ष परीक्षामा सहभागी बन्न पाउने अन्तिम वर्ष थियो । उनले आयोगको फर्म पनि भरिसकेकी छन् । तर परीक्षामा सहभागी हुन पाइन्छ वा पाईंदैन भन्ने अन्योलमा रहेको उनले बताइन् ।

‘तयारी गरौँ परीक्षा कहिले हुने निश्चित छैन, यो बाहेक बन्दबन्दीको समयमा अरु केही परिस्थिति पनि छैन, ‘आयोगबाट कुनै सूचना नपाउँदा पढाईप्रतिको लगाव कम भएको छ ।’

उनी भन्छिन्, ‘उमेर नाघिसक्यो अब आयोगको परीक्षामा सहभागी हुन पाइंदैन, यो वर्ष कोरोनाले बरबाद पार्यो ।’ उनीले यो अवधिमा लोकसेवा तयारीका लागि ढेड लाख रुपैयाँ खर्च गरिन् ।

शिक्षकको जागिर छोडेर कैलारी गाउँपालिकाका वेद चौधरी ३ वर्ष अगाडी लोकसेवाको तयारीका लागि भन्दै काठमाडौँ भित्रिए ।

उनले आफूले कमाएको अलिअलि वचत पनि आयोगको तयारीमा नै खर्च गरे । तर कोरोनाका कारणले देशभर लकडाउन भएपछि उनी आफ्नै गाउँ फर्किन बाध्य भए ।

नयाँ पद अधिकारी असार १५ पछि आउनु हुन्छ, उहाँहरु आएपछि र महामारीको परिस्थिति समान्य भएपछि परीक्षा सञ्चालन हुन्छ ।’

‘लकडाउन खुले लगत्तै आयोगको अवेदन पनि खुल्यो र परीक्षा मिति समेत तय भयो, तर कोरोनाको दोस्रो लहरको निषेधाज्ञा र लोकसेवा समिति गठन हुन नसक्दा परीक्षा कहिले हुने केही अत्तोपत्तो छैन’, उनले भने, ‘तयारी गरौँ परीक्षा कहिले हुने निश्चित छैन, यो बाहेक बन्दबन्दीको समयमा अरु केही परिस्थिति पनि छैन, ‘आयोगबाट कुनै सूचना नपाउँदा पढाईप्रतिको लगाव कम भएको छ ।’

सरकारी जागिरका लागि रातदिन नभनि पढ्ने विद्यार्थीहरु आयोगले कुनै सूचना नदिँदा अन्यौलमा परेका छन् । यी केही पात्र मात्रै हुन् । आयोगले समयमै निर्णय लिन नसक्दा यसरी परीक्षाको तयारीमा लागेका हजारौँ विद्यार्थी मारमा परेका छन् । सरकारले आयोगमा नयाँ पदाधिकारीहरुको नियुक्ति नगर्दा र कोरोनाको महामारीका कारण बाँकी रहेको परीक्षा हुन नसकेको हो ।

२०७७/७८ मा लोक सेवा आयोगद्वारा लिइने ७ सयदेखि ८ सयको हाराहारीमा विज्ञापन रोकिएको र आर्थिक वर्ष ०७६/०७७ का केही परिक्षा बाँकी रहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदी बताउँछन् । उनी भन्छन्, ‘नयाँ पद अधिकारी असार १५ पछि आउनु हुन्छ, उहाँहरु आएपछि र महामारीको परिस्थिति समान्य भएपछि परीक्षा सञ्चालन हुन्छ ।’

यो पनि पढ्नुहोस्
कोरोना संक्रमणको बेला धुम्रपान र मदिरापान गर्दै हुनुहुन्छ ? सावधान !
यसपालिको मनसुनबाट १८ लाख मानिस प्रभावित हुने अनुमान
कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा



सम्बन्धित खबरहरु

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको

काठमाडौं, २९ मंसिर : नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा

नेपाल सरकारले सोमबार चितवन राष्ट्रिय निकुञ्जमा आयोजित उद्घाटन समारोहमार्फत पाँचौ राष्ट्रिय बाघ सर्वेक्षण औपचारिक रूपमा सुरु गरेको छ। सर्वेक्षण चितवन–पर्सा

Latest










Popular
Suggested