English

एक्लै बस्दा डर लाग्यो ? यसो गर्नुहोस् !



जारी निषेधाज्ञामा काम छोडेर घरमा बस्दा अधिकांशले एक्लो महशुस गरिरहेका छन् । यो परिस्थितिमा व्यक्तिलाई एक्लोपन महशुस हुनु, छटपटी हुनु, डर लाग्नु जस्ता समस्या देखिएको मनोचिकित्सकहरुले बताएका छन् । जीवशैलीमा परिवर्तन आउनु र व्यक्तिमा यस्तो समस्या देखिनु मान्छे सक्रिय हुनु हो । यो अवस्थालाई जटिल समस्याको रुपमा लिनु हुँदैन । तर यी समस्याका कारणले निन्द्रा र खानपान बिग्रिएमा, नकरात्मक सोच आएमा गम्भीरतापूर्वक लिनुपर्छ । यो एक किसिमको रोग हो, जसलाई ‘एन्जाइटी’ भनिन्छ । यी समस्याबाट जोगिन मनोविश्लेषक गोपाल ढकालको सुझाव यस्तो छ ।

–हालको समयमा सामान्य चिन्ता र डर आउँछ । डराउने समस्या स्वभाविक हो की अस्वभाविक आफैले मूल्याङ्कन गर्ने । कोरोनाको संक्रमण हुन्छ की जस्ता डरले तपाईलाई थप सचेत बन्न मद्दत गर्छ । तपाईलाई लाग्ने डर वा चिन्ताको मूल्याङ्कन गर्न नसकेमा साथीभाई अथवा मनोविद्को सल्लाह लिने ।

–समान्य डर हो भने त्यो आफै ठिक भएर जान्छ । जसका लागि तपाईले आफ्नो दैनिकीलाई व्यवस्थित बनाउनु पर्छ ।

–तपाईको डर अस्वभाविक ‘एन्जाइटी’ हो भने मनोविद्को परामर्श लिन लिन सकिन्छ ।

–डर के कारणले, के समस्याले लागेको हो त्यसको पहिचान गरेर समाधान गर्ने ।

–तपाईलाई जे कुराको डर लाग्छ त्यसबारे अपडेट हुनका लागि साँझ बिहानको साटो दिउँसो अपटेड हुने ।

–समाजिक सञ्जालबाट अपुष्ट जानकारी आउने भएकाले यसको कम प्रयोग गर्ने ।

–डरलाई हटाउनका लागि तपाईको मनलाई जे कुराले आनन्द दिन्छ त्यही कार्य गर्नुपर्छ । पुस्तक पढ्दा, फिल्म हेर्दा, साथीभाईसँग कुरा गर्दा मनमा खुशी फिल्छ भने त्यही कार्य गर्नुपर्छ । मनलाई खुशी राख्दा डर लाग्दैन ।

–तनाव हुँदा डर लाग्ने भएकाले तनावलाई व्यवस्थापन गर्ने ।

–शरीरिक व्यायाम गर्ने । व्यायाम गर्दा मनलाई खुशी, आनन्द दिने मस्तिष्क रसायन निस्किन्छ । खुशी रहँदा तनाव मुक्त हुन्छ र डर लाग्दैन ।

–नियमित ध्यान गर्ने । ध्यान गर्दा मनमा अनेक कुराहरु खेल्छन् र नकारत्मक कुराहरु बिस्तारै कम हुदै जान्छन् । तपाईलाई जति धेरै तनाव हुन्छ त्यति नै ध्यान गर्नु पर्छ ।

– तानवमा भएका समयमा अमिलो, पिरो नखाने, मसलेदार खानेकुरा नखाने । फलफूल खाने, प्रशस्त मात्रामा पानी पिउने लगायत खानपानमा पनि विशेष ध्यान दिने गर्नु पर्छ ।

– प्रत्येक दिन एकै समयमा सुत्ने र एकै समयमा उठ्ने, कम्तिमा दिनमा ८ घण्टा अराम गर्ने ।

–हालको परिस्थितिमा निन्द्रा लागेन , चिन्ता भयो भनेर मादक पदार्थ, लागुपदार्थ सेवन गर्ने जस्ता गलत खानपान र व्यवहार गर्न हुँदैन ।

–दैनिक जीवनशैलीलाई व्यवस्थित बनाउने र डर, चिन्ताबाट मुक्त रहने ।

यो पनि पढ्नुहोस्
बालबालिकामा देखियो ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम, के हुन् लक्षण ?
यसपालिको मनसुनबाट १८ लाख मानिस प्रभावित हुने अनुमान
वर्षायाम सुरु : के छ सरकारको पूर्व तयारी ?
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested