English

कोरोना संक्रमितले लिनुस् घरबाटै नर्ससँग परामर्श, सम्पर्क नम्बरसहित



यतिबेला फेसबुकमा एउटा समूह सक्रिय छ । त्यो हो– कोभिड विशेष नर्स समूह । यो समूहले कोरोना संक्रमणबाट आक्रान्त बनेका मानिसहरुलाई परामर्श दिइरहेको छ ।

कोरोना भएको बेला के गर्ने ? घरमै उपलब्ध खानेकुरालाई कसरी सन्तुलन मिलाउने ? दीर्घरोगका बिरामीहरुले के गर्ने ? कोरोना संक्रमित दिर्घरोगका बिरामीले कसो गर्ने ? लगायतका थुप्रै जिज्ञासालाई २२ जना नर्सको समूहले परामर्श दिँदै आएको छ ।

कोभिड–१९ महामारीमा आममानिसका जिज्ञाशालाई सम्बोधन गर्ने उद्धेश्यले गत २६ वैशाखमा यो समूहको स्थापना भएको समूहकी राष्ट्रिय संयोजक दुर्गा सापकोटा बताउँछिन् । ‘हाम्रो सानो सहयोगले धेरै मानिसको ज्यान बाँच्छ र मानसिक तनावमुक्त गराउन सकिन्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘त्यसैले महामारीको बेलामा केही सहयोग गरौँ भन्ने सोचले समूहको स्थापना गरेका हौं ।’

समूहले सातै प्रदेशका नागरिकलाई कोरोना महामारीबाट कसरी बच्ने भन्नेबारेमा परामर्श दिँदै आएको प्रदेश नम्बर १ की संयोजक विद्या बस्नेत बताउँछिन् ।

‘नेपालका विभिन्न अस्पतालमा नर्सहरुले काम गरिरहेको भएपनि कोरोना संक्रमितलाई परामर्शको आवश्यकता पर्दछ,’ उनले भनिन्, ‘अहिले ८५ प्रतिशत कोरोना संक्रमितहरु होम आइसोलेशनमा छन् उनीहरुलाई यो अवस्थामा सल्लाह सुझावको धेरै खाँचो छ । त्यसैलाई मध्यनजर गर्दै हामीले सबै प्रदेशमा रहेका नर्सहरुसँग कुरा गरेर यो अभियान अघि बढाएका हौं ।’

हुन त नेपाल सरकारले होम बेड आइसोलेशनको गाइडलाइनहरु पनि बनाएको छ । तर, यसका बारे सबै जानकार छैनन् । त्यही अपूर्ण जानकारीलाई परिपूर्ण गर्नका लागि वा सबैको पहुँचसम्म पुर्याउनको लागि कोभिड विशेष नर्स समूहको जन्म भएको बस्नेत प्रष्ट पार्छिन् ।

निषेधाज्ञाकै बीचमा स्थापना भएको यो समूहले काउन्सिलिङ सर्भिसबाट सेवा सुरु गर्यो । जसका लागि सातवटै प्रदेशमा परामर्शदाता राखेपछि मात्रै यो सेवा सुरु भएको बस्नेत बताउँछिन् । ‘नेपालमा बहुभाषिक मानिसहरु छन्, सबैले नेपाली भाषा बुझ्छन् भन्ने पनि हुँदैन,’ उनले भनिन्, ‘त्यसैले हामीले स्थानीय भाषा बुझ्न र बोल्न सक्नेलाई छानेर प्रदेशमा खटाएका छौं । साथै, उनीहरुलाई तालिम पनि दिइएको छ ।’

करिव २ हप्ताको अवधिमा यो समूहका नर्सहरु थुप्रैै संक्रमितका सारथी बनिसकेका छन् । संक्रमितका समस्या सुन्छन् र उनीहरुलाई उपयुक्त परामर्श दिन्छन् । पछिल्लो समय यस्ता थुप्रै जिज्ञासा आउने गरेको छ । त्यसो त यो समूहले आफ्नो काममा तीव्रता दिएको हो । साथै, परामर्श लिनेहरुलाई फलोअप पनि गरिरहेको छ ।

कसरी लिने परामर्श ?

अहिले यो समूहले फोनबाटै परामर्श दिँदै आएको छ । तर कतिपयले म्यासेन्जरबाट पनि यो सेवा लिइरहेको बस्नेत बताउँछिन् ।
‘फोन नम्बर हामीले सार्वजनिक गरेका छौं । त्यसबाहेक ह्वाट्सएप, भाइबर, टेक्स्ट गरेर पनि सेवा लिइरहेका छन्,’ उनले भनिन्, ‘फेसबुक पेजमार्फत पनि भिडियो, टेक्स्टको माध्यमले जानकारी दिने गरेका छौँ ।’

समूहले के–के गर्छ ?

कोरोनाबाट जोगिने उपाय, कोरोनाका लक्षण देखिए के गर्ने र संक्रमण भइहाले के गर्ने यी विषयहरुको बारेमा यो समूहले परामर्श दिन्छ । साथै अहिले कोरोनाका बिरामीलाई कस्तो आइसोलेशन आवश्यक पर्दछ भन्ने कुरा फ्रन्टलाइनमा काम गरिरहेका नर्स र डाक्टरहरुसँग बुझेर जानकारी दिने काम पनि गर्ने गरेको छ । कोभिड विशेष नर्स समूहमा अहिले २२ जना नर्स छन् ।

हरेक प्रदेशमा एकजना कोर्डिनेटर र एकजना काउन्सिलर राखिएको छ । त्यस्तै यो समूहले भाइजर कम्यूनिटी ग्रुप पनि बनाएको छ । जसमा धेरैले चासो देखाउने गरेका छन् भने सल्लाह र सुझाव दिइरहेका छन् ।

कसरी आयो सोच ?

घरमै बसिरहेका बेला केही सहयोग गरौँ सोचले समूह बनाइएको समूहकी राष्ट्रिय संयोजक सापकोटा बताउँछिन् ।
यो समूहमार्फत अहिलेसम्म ५ सय ६५ जनाले सेवा लिएको र फलोअप गरेर ३ सय ५५ जनालाई अहिलेसम्म परामर्श दिइसकेको उनी बताउँछिन् ।

यो समूहलाई न्यायाधीश, डाक्टर, साइकोलोजिस्टहरुले पनि सहयोग गरिरहेका छन् । ‘नेपाल सरकारसँग समन्वय गरेर काम भइरहेको छ, काउन्सिलिङ गरेको डाटा सरकारलाई बुझाउने छौँ,’ उनले भनिन्, ‘हाम्रो कार्यप्रति आममानिसको साथ र सहयोगका साथैस्वास्थ्य तथा सुरक्षा महाशाखाले पनि हौसला दिइरहेको छ ।’

कहाँ कसलाई सम्पर्क गर्ने ?

समूहले हरेक प्रदेशका नर्सलाई संयोजक तोकेको छ । त्यसैले उनीहरुलाई फोन गरेर आफ्नो जिज्ञासा सोध्न सकिन्छ । प्रदेश १ मा विद्या बस्नेत ९८४२४९५२०७, प्रदेश २ सिर्जना चौधरी ९८४५१८४६७८, बागमती प्रदेश ममता के.सी. ९८४२२९७८७४, लुम्बिनी प्रदेश सुमित्रा ढकाल ९८४३६९७३०२, गण्डकी प्रदेश नीतु खड्का ९८६७९४५३८१, कर्णाली प्रदेशमा मोना दाहाल ९८४११२२९४५, सुदूरपश्चिम प्रदेशमा मीना चन्द ९८४८७३९४४४ लाई सम्पर्क गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्
तनावमुक्त हुन चाहनुहुन्छ भने खानुस् यस्ता खानेकुरा
पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
निषेधाज्ञामा सेवा : अनलाइनबाट अर्डर घरघरमै ढुवानी
नयाँ भेरियन्टबारे विज्ञको यस्तो सुझाव
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
यस्ता हुन्छन् निमोनियाका लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली