तनावमुक्त हुन चाहनुहुन्छ भने खानुस् यस्ता खानेकुरा



डा. हेमराज कोइराला

प्रतिकुल परिस्थितिलाई सामना गर्दा हाम्रो शरीरले व्यक्त गरेको शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियालाई चिकित्सा विज्ञानको भाषामा तनाव भनिन्छ । तनाव विभिन्न कारणले हुने गर्दछ । तरर, तनावका कारक तत्वसँग मान्छे डराउँदछ र तुरून्तै उक्त परिस्थितिबाट टाढा भाग्दछ या परिस्थितिसँग मुकाबिला गर्दछ । तनावलाई मुकाबिला गर्दा वा भाग्दा हाम्रो मस्तिष्कले तनाव सामना गर्नका लागि शरीरका विभिन्न अङ्गहरूलाई सक्रिय गराउँदछ ।

यो सक्रियकरण प्रक्रियामा विभिन्न किसिमका न्यूरोट्रान्समिटर र हर्मोनको उत्सर्जन हुने गर्दछ । सामान्यतया तनाव हुँदा मुटुको धड्कन बढ्ने श्वासको गति बढ्ने रक्तचाप घटबढ हुने, मांशपेशी कडा हुँने, टाउको दुख्ने, अम्लपित्त बढ्ने, हत्केला, पैतला एवं काखीबाट पसिना आउने, आँखाको नानी फैलिने, निन्द्रा नलाग्ने, खाना नपच्ने, जस्ता लक्षणहरू देखा पर्दछन ।

यसरी तनाव हुँदा देखापर्ने स्वास्थ्य समस्याहरूले शरीरमा अनेकौ प्रभाव पार्दछ । यदि यी समस्याहरूलाई अनियन्त्रित छोडी दिएको खण्डमा हाम्रो स्वास्थ्यमा गम्भिर असर पर्दछ । यसर्थ यी समस्याहरूको समयमै निराकरण गर्नुपर्ने हुन्छ । निम्नलिखित खानेकुराको सेवनले तनाव नियन्त्रण गर्न एवं तनावका जोखिम कम गर्नका लागि ठूलो सहयोग गर्दछ ।

सुख्खा फलफूल

काजू, पिस्ता, बदाम, ओखर, मुङ्गफली, ब्राजिल नट जस्ता सुख्खा फलपूmलहरूको नियमित सेवनले तनाव व्यवस्थापनमा ठूलो मद्धत पु¥याउँदछ। यी सुख्खा फलफूलमा प्रशस्त मात्रामा स्वस्थ फ्याट्टी एसिड पाईने हुँदा तनावको अनावश्यक प्रभावबाट बचाउँछ । सुख्खा फलफूलमा सामान्यतया भिटामिन ई र बी उच्च मात्रामा हुनेहुँदा तनावको बेला बढेको रक्तचापलाई कम गर्न मद्दत गर्दछ । यसै गरि यी खानेकुराहरूमा खनिज तत्व र एण्टिअक्सिडेण्टको मात्रा पनि प्रशस्त हुने हुँदा तनाव लाई चाँडै लगाम लगाउँदछ । आफ्नो तौल बराबर ग्राम सुख्खा फलफूल सेवन गर्नु पर्छ ।

अश्वगन्धा

तनाव, चिन्ता, भय र उदासिनताले ग्रसित व्यक्तिहरूका लागि अश्वगन्धाको सेवनले अत्यन्त फाइदा पु¥याउँदछ । यसले हाम्रो मस्तिष्कको तनाव सम्बन्धि रासायनिक सूचना प्रणालीलाई अवरुद्ध गरेर तनाव कम गर्दछ । अश्वगन्धाको सेवनले तनावको क्रममा उत्सर्जित हुने कर्टिसोल हर्माेनलाई पनि कम गर्दछ । यसैगरी तनावको स्थितिमा देखापर्ने उच्च रक्तचाप, उच्च रक्त ग्लूकोज, रक्त चिल्लोको गडबडी जस्ता मानबिन्दुहरूलाई समेत कम गर्दछ । दैनिक १ देखि २ ग्राम अश्वगन्धालाई पानीसँग वा दूधसँग सेवन गर्दा धेरै फाइदा हुन्छ ।

ग्रीन टी

ग्रीन टी भिटामिन, एन्टीआक्सीडेण्ट र आवश्यक एमिनो एसिडहरूको राम्रो स्रोत हो । ग्रीन टीमा पाइने एल–थियानिन र आर्जिनिन नामक एमीनो एसिडले तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ । यी तत्वहरूले तनावका क्रममा देखा पर्ने मांसपेशीको कडापन र उच्च रक्तचापलाई सामना गर्दछ ।

पालुङ्गो
चम्सुर, पालुङ्गो र अन्य हरिया सागपातहरूको सेवनले तनावलाई उल्लेखिनीय रूपमै कम गर्दछ । हरिया सागपातहरूमा पाईने धेरै पोषक तत्वहरू जस्तै भिटामिन, खाद्यरेशा, खनिज एवं लवण र एण्टिअक्सिडेण्टले तनाव कम गर्न मद्दत गर्दछ । हरियो सागपातमा मनग्य पाइने म्यागनेसियम नामक खनिजले हाम्रो शरीरमा हुने ३०० भन्दा धेरै रासायनिक प्रतिक्रियामा भाग लिने गर्दछ । यो खनिजको उपयोग तनाव, चिन्ता, भय, उदासिनता, अनिद्रा, निराशा, उन्माद एवं पागलपनको उपचार गर्नका लागि पनि प्रयोग गरिन्छ । हरियो सागपातलाई सकभर नपकाईकन ग्रीन स्मूथी बनाएर खाएको राम्रो हो ।

चिया सीड

चिया सीडमा प्रशस्त मात्रामा ट्रीप्टोफ्यान नामक एनिमो एसिड पाइन्छ । ट्रीप्टोफ्यानले दिमागमा सेरोटोनिन नामक न्यूरो ट्रान्समीटरको संश्लेषण र उत्सर्जन गर्न मद्दत गर्दछ । सोरोटोनिनको उत्सर्जनले मानसिक शान्तिलाई बढाउने र निन्द्रा लगाउने गर्दछ । दैनिक २० ग्राम चिया सीडलाई सिधै चपाएर, स्मूथी बनाएर, वा चटनीमा हालेर, सलादमा हालेर, वा डेजर्टको रूपमा पनि खान सकिन्छ।

बेसार

बेसारको प्रयोगले पनि तनाव र चिन्तालाई कम गर्नका लागि अत्यन्त ठूलो भूमिका खेल्दछ । बेसारले हाम्रो मस्तिष्कमा सेरोटोनिन र डोपामाईनको उत्सर्जनलाई बढाउँदछ । यी दुवै तनाव कम गर्ने न्यूरोट्रान्समिटरहरू हुन् । दैनिक एक ग्राम बेसारको सेवन पानी वा दुधसँग गर्दा हाम्रो मानसिक स्वास्थ्य मजबुत हुन्छ ।

किबी

किबीलाई पनि मूड ताजा गर्ने फलफूलको रूपमा लिइन्छ । प्रसस्त मात्रामा भीटामिन सी पाइने यो फलको दैनिक सेवनले तनाव, चिन्ता कम गर्ने र मानसिक स्फूर्ति दिने गर्दछ । यसको सेवन अनिन्दाले ग्रस्त भएकाहरूलाई पनि उत्तिकै महत्वपूर्ण छ । दैनिक १०० ग्राम किबीको सेवन १ महिना सम्म गर्दा तनावबाट मुक्त हुन राम्रो काम गर्दछ ।

ब्लूबेरी

ब्लूबेरीको मानसिक स्वास्थ्यको लागि अत्यन्त राम्रो फल हो । यसमा प्रसस्त एण्टिअक्सिडन्ेट पाइने हुँदा अक्सिडेटिभ स्ट्रेसको कारणले हुने स्नायू क्षयलाई रोकेर तनाव र चिन्ता जस्ता समस्या ब्लूबेरीले घटाउँदछ । यसैगरि उच्च रक्तचाप घटाउन, मधुमेह कम गर्न, रक्त चिल्लोको गडबडी कम गर्न पनि ब्लूबेरीले मद्दत गर्दछ । दैनिक १५० ग्राम ब्लूबेरी खाँदा हाम्रो मानसिक स्वास्थ्य अत्यन्त राम्रो हुन्छ ।

फर्सीको बियाँ

फर्सीको बियाँ पनि मानसिक स्वास्थ्यको लागि अत्यन्त लाभदायक खानेकुरा हो । यसमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाइन्छ । मानसिक स्वास्थ्यको लागि अत्यावश्यक म्यागनेसियम, म्याग्निज, कपर, भिटामिन के, जीङ्क, आईरन, फस्फोरस जस्ता अनेकौं खनिज एवं लवणहरू पाईने फर्सीको बियाँको नियमित सेवनले तनाव दूर गर्दछ । यसैगरि चिन्ता बाट मुक्त हुन र मानसिक ताजगीका लागि पनि फर्सीको बियाँ खानु राम्रो मानिन्छ ।

यो पनि पढ्नुहोस्
पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
निषेधाज्ञामा सेवा : अनलाइनबाट अर्डर घरघरमै ढुवानी
नयाँ भेरियन्टबारे विज्ञको यस्तो सुझाव
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
यस्ता हुन्छन् निमोनियाका लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन