स्टुडियो थिएटरमा देउराली डाँडी–फोटो कथा
काठमाण्डौस्थित स्टुडियो थिएटरमा पौष २९ गते देखि नाटक देउराली डाँडीको मन्चन सुरु भएको छ । एक्टर्स स्टुडियोको सहकार्यमा वान वल्र्ड थिएटरले उक्त नाटकको आयोजना गरेको हो । फुल ब्राइट अध्ययनको सिलसिलामा नेपालमै रहेकी रोज स्किवेजद्वारा निर्देशित र सहलेशद्वारा लिखित उक्त नाटकमा चर्चित कलाकारहरु दिया मास्के, पशुपति राई, मेनुका प्रधान , सरस्वती चौधरी, रञ्जना भट्टराई र बिनिता थापा मगरको अभिनय रहेको छ । १ घण्टा ४० मिनेट लामो यस नाटकले देउराली गाउँमा माहामारी फैलिएपछि पुरुषहरु पलायन हुँदा महिलाहरुले उजाड गाउँमा गरेको संघर्षको शक्तिशाली कथा पस्केको छ । कथामा आफ्नो परम्परागत जीवन शैलीमा नै साहसपूर्वक बाँच्ने प्रयास र त्यहाँका महिलाहरुको प्रयत्नलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । घाटु नाचको रोचक र कलात्मक प्रस्तुतिले दर्शकहरुलाई निकै प्रभावित पार्छ ।
नाटक माघ १५ गते सम्म सोमबार बाहेक हरेक बेलुकी ५ः०० बजे मञ्चन हुनेछ ।
नाटक मञ्चनका बखत बरिष्ठ फोटोपत्रकार विकास रौनियारका क्यामरामा कैंद तस्बिरहरु फोटो कथाका रुपमा तपाईहरुलाई ।










याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
geolale
These findings collectively indicate that curcumin loaded PVA CNC hydrogel membranes are biocompatible and BC cell selective clomid 35 Clarithromycin, a macrolide antibiotic, has been associated with bad dreams, confusion, disorientation, and hallucinations in 3 of patients