English

स्टुडियो थिएटरमा देउराली डाँडी–फोटो कथा



काठमाण्डौस्थित स्टुडियो थिएटरमा पौष २९ गते देखि नाटक देउराली डाँडीको मन्चन सुरु भएको छ । एक्टर्स स्टुडियोको सहकार्यमा वान वल्र्ड थिएटरले उक्त नाटकको आयोजना गरेको हो । फुल ब्राइट अध्ययनको सिलसिलामा नेपालमै रहेकी रोज स्किवेजद्वारा निर्देशित र सहलेशद्वारा लिखित उक्त नाटकमा चर्चित कलाकारहरु दिया मास्के, पशुपति राई, मेनुका प्रधान , सरस्वती चौधरी, रञ्जना भट्टराई र बिनिता थापा मगरको अभिनय रहेको छ । १ घण्टा ४० मिनेट लामो यस नाटकले देउराली गाउँमा माहामारी फैलिएपछि पुरुषहरु पलायन हुँदा महिलाहरुले उजाड गाउँमा गरेको संघर्षको शक्तिशाली कथा पस्केको छ । कथामा आफ्नो परम्परागत जीवन शैलीमा नै साहसपूर्वक बाँच्ने प्रयास र त्यहाँका महिलाहरुको प्रयत्नलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । घाटु नाचको रोचक र कलात्मक प्रस्तुतिले दर्शकहरुलाई निकै प्रभावित पार्छ ।

नाटक माघ १५ गते सम्म सोमबार बाहेक हरेक बेलुकी ५ः०० बजे मञ्चन हुनेछ ।

नाटक मञ्चनका बखत बरिष्ठ फोटोपत्रकार विकास रौनियारका क्यामरामा कैंद तस्बिरहरु फोटो कथाका रुपमा तपाईहरुलाई ।

याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested