English

कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी



प्रख्यात निर्देशक सुनिल पोखरेल केहि समय पश्चात फेरी आफ्नो परिकल्पना र निर्देशनमा नाटक “गच्छामी” लिएर कुञ्ज थिएटर फर्केका छन् । लेखक पुण्य प्रसाद गौतमद्वारा लिखित पुस्तक “गौतम बुद्ध” मा आधारित यस नाटकको सह-निर्देशन बिरेन्द्र हमालले गरेका हुन् । लुम्बिनीमा जन्मेका शाक्य राजकुमार सिद्धार्थ गौतम कपिलवस्तु दरबार र राजकाज छोडेर गएको र बोधगयामा बुद्धत्व प्राप्त गरे पश्चात कपिलवस्तु, लुम्बिनी फर्किए सम्मको कथा बस्तु नाटकमा प्रस्तुत गरिएको छ ।

गुरुकुलको प्रस्तुति गच्छामीमा सुनिता बजगाई, राज न्यौपाने , सुबास तिमिल्सिना, राजेन्द्र कट्टेल , सौजन लिम्बु लगायतको अभिनय कलाले नाटकलाई जिवन्त बनाएको छ ।

अभिनय, संगीत र प्रकाशको उत्कृष्ट संयोजनले करिब एक घन्टा लामो नाटक निकै रोचक महसुस हुन्छ । यस नाटकको अन्तिम प्रस्तुति शनिबार पौष २३ गते राजधानीको कुञ्ज थिएटरमा हुनेछ ।

तस्विरहरु : विकास रौनियार

याे पनि…
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



...
skapa ett binance-konto

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested