विकास रौनियार : बदलिएको तस्बिर



व्यापार/व्यवसायमा सक्रिय भएपनि कुनै सभा समारोहमा पुग्दा विकास रौनियार क्यामेरा तेर्साइहाल्छन् । ‘मेरो जीवनमा पहिलो प्रेम नै तस्बिरसँग बस्यो,’ उनले फोटो पत्रकारिता सम्झिए, ‘पहिलो प्रेम सजिलै भुल्न सकिएला र !’

व्यावसायिक फोटो पत्रकारितालाई विकासले बिट मारेको आठ वर्ष भएछ । तर, एक पटक फेरि उनी पत्रकारितासँग जोडिएका छन् । उनलाई आज (मंगलवार) राइज मिडिया नेटवर्कले सल्लाहकारको रुपमा भित्राएको छ ।

काठमाडौँ इन्द्रचोकस्थित मखन टोल । टोलको एउटा व्यापारिक घराना । त्यही घरले जन्माएको छोरो । जसको मन फोटोले चोर्यो । र, एउटा सफल फोटो पत्रकारको रुपमा चिनायो । उनी तिनै विकास हुन् जसले आफ्नो फोटो पत्रकारिताको अनुभव राइज मिडियासँग बाँड्न चाहे ।

आजसम्म फोटो र अर्थतन्त्रका क्षेत्रमा आर्जन गरेको अनुभवलाई विकास अब साझा गर्न चाहन्छन् । ‘आज मलाई राइज मिडियाले सल्लाहकारको रुपमा भित्र्याएको छ,’ उनी भन्दै थिए, ‘मेरो अनुभव र विज्ञताले भ्याएसम्म राइज मिडियालाई राइज गर्न अनवरत रुपमा लागिरहनेछु ।’

राइज मिडियाका तर्फबाट बोर्ड सदस्य मोहनकृष्ण श्रेष्ठले स्वागत गर्दै विकासलाई ‘भेट्रान फोटो पत्रकार’ को संज्ञा दिए । ‘उहाँजस्तो भेट्रान फोटो पत्रकारलाई सल्लाहकारको रुपमा पाउँदा हामी खुसी छौँ,’ श्रेष्ठले थपे, ‘उहाँको आगमनले राइज मिडियालाई उचाइमा पुर्याउन मद्दत पुग्नेछ ।’

काठमाडौँ इन्द्रचोकस्थित मखन टोल । टोलको एउटा व्यापारिक घराना । त्यही घरले जन्माएको छोरो । जसको मन फोटोले चोर्यो । र, एउटा सफल फोटो पत्रकारको रुपमा चिनायो । उनी तिनै विकास हुन् जसले आफ्नो फोटो पत्रकारिताको अनुभव राइज मिडियासँग बाँड्न चाहे ।

घरमा व्यापारिक माहोल थियो । बुबाले पुस्तैनी व्यापार व्यवसायलाई सम्हालिरहेका थिए । त्यसलाई निरन्तरता दिनु उनको दायित्व बन्थ्यो । तर, किन–किन विकासको मन भने फोटोले चोर्यो ।

फोटोग्राफीप्रति विकासको रुचि बाल्यकाल देखिकै हो । सेन्ट जेभियर्स पढ्दा उनी फोटोग्राफी क्लबमा सक्रिय थिए । त्यति बेला काठमाडौँमा हुने जात्रा, मेला महोत्सवलाई कैद गर्थे । ती तस्बिरले परिवार तथा साथीभाईबाट वाहवाही पाउँथे । यसले उनलाई फोटोग्राफीलाई अघि बढाउन बल पुर्यायो ।

एसएलसीपछि विकास सेन्ट जेभियर्स स्कुलको भूपू विद्यार्थी सङ्गठन गोदावरी अल्मुनाई एसोसिएसनमा सक्रिय भए । एसोसिएसनमार्फत हुने विभिन्न प्रतियोगिताको फोटो उनले नै खिच्न थाले । जुन फोटो गोदावरीयन नामक मुख पत्रमा छापिन्थ्यो । राम्रो फोटो खिच्यो भने यसले राम्रो स्थान पाउँदो रहेछ भन्ने उनलाई लाग्न थाल्यो ।

यतिबेला विकाससँग मिनोन्ल्टा एसआरटी १०१ क्यामेरा थियो । जुन क्यामेरा उनलाई काकाले जर्मनबाट उपहार ल्याइदिएका थिए । एसएलसी उत्तीर्ण हुने बित्तिकै हात परेको यो क्यामेराले विकासलाई करिअर बनाउन साह्रै मद्दत गर्‍यो । यही क्यामेराबाट उनले २०४६ को आन्दोलनदेखि व्यावसायिक फोटो पत्रकारितामा भित्रायो ।

कान्तिपुरको पहिलो अंकमा उनले २०४६ सालको आन्दोलनमा कैद गरेको तस्बिर पहिलो पृष्ठमा प्रकाशित भयो । ‘निजी क्षेत्रबाट ठूलो लगानीमा सुरु भएको पत्रिकाको पहिलो दिनमै मेरो फोटो पहिलो पृष्ठमा छापिनु नै ठूलो कुरा थियो,’ उनी भन्छन्, ‘अनि अब मेरो करिअर फोटो पत्रकारितामै बनाउँछु भनेर निरन्तर लागेँ ।’

विकास आफूलाई अनौपचारिक रुपमा फोटो पत्रकारितामा भित्राउने श्रेय भने त्यति बेला प्रकाशित हुने स्पार्क, हिमाल, इन्डिपेन्डेन्ट लगायतका म्यागेजिनलाई दिन्छन् । ‘मैले कैद गरेका तस्बिरहरू यी म्यागजिनहरुमा छापिन्थ्यो,’ ती दिन स्मरण गर्दै उनी भन्छन्, ‘फोटो पत्रकारितालाई व्यावसायिकतातर्फ डोर्‍याउन त्यति बेला छापिएका तस्विरहरुले ठूलो सहयोग गरे ।’

उनलाई फोटो पत्रकारितातर्फ रुचि बढ्दै गयो । तर, नेपालमा व्यावसायिक रुपमा फोटो पत्रकारहरूको अवस्था भने गतिलो थिएन । फोटो खिचेर पनि जीविका चलाउन सकिन्छ र ? भन्ने मान्यता थियो । यहीबेला २०४९ फागुन ७ बाट औपचारिक रुपमा कान्तिपुर पत्रिकाको प्रकाशन सुरु भयो ।

त्यसको अघिल्लो दिन अर्थात् फागुन ६ मा जुनियर फोटो पत्रकारको रुपमा विकास कान्तिपुर प्रवेश गरे । कान्तिपुरको पहिलो अंकमा उनले २०४६ सालको आन्दोलनमा कैद गरेको तस्बिर पहिलो पृष्ठमा प्रकाशित भयो । ‘निजी क्षेत्रबाट ठूलो लगानीमा सुरु भएको पत्रिकाको पहिलो दिनमै मेरो फोटो पहिलो पृष्ठमा छापिनु नै ठूलो कुरा थियो,’ उनी भन्छन्, ‘अनि अब मेरो करिअर फोटो पत्रकारितामै बनाउँछु भनेर निरन्तर लागेँ ।’

यी बिचमा भएका दरबार हत्याकाण्ड, माओवादीको गृहयुद्धदेखि गणतन्त्र आउँदासम्म उनले कैद गरेको तस्बिर अझै पनि अर्काइभमा ताजा बनेर बसेका छन् । निरन्तर लगाव, मिहिनेत र क्षमताको कदर गर्दै कान्तिपुरले उनलाई २०६६ मा फोटो सम्पादकको जिम्मेवारी दियो । जसलाई उनले २०७० सम्म बहन गरे । यहीबिचमा विकासको व्यवसायतर्फ ध्यान केन्द्रित भयो । कान्तिपुरसँगको करिब २२ वर्ष सहकार्यलाई बिट मारे । अनि लागे पुस्तैनी व्यवसायतर्फ ।

हाल उनी ‘इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट’को कार्यकारी निर्देशकका रुपमा छन् । उनको कम्पनीले नेपाल–भारत सीमामा हुने व्यापारिक गतिविधिमा काम गर्छ । विशेषगरी, कलकत्ता बन्दरगाह हुँदै आउने ठूला प्रोजेक्टको यातायात ढुवानी गर्दै आएका छन् । जुन उनको पुस्तैनी पेसा हो । साथै, हालै जोगबनी र रक्सौलमा स्थापना गरिएको इन्टिग्रेटेड चेकपोस्टको व्यवस्थापन समेत उनैको कम्पनीले गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

रामप्रसाद खनाल । ४० को दशकका लोकदोहोरी गायक तथा पत्रकार । यतिमा मात्र उनको परिचय सीमित छैन । खनाल कुशल

काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अहिले एकदमै व्यस्त रहेका छन् । कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखिएसँगै त्यसको अध्ययन अनुसन्धानमा उनी व्यस्त

Suggested