English

यसकारण नेपालले सम्झिरहने छ फादर मिलर



फादर क्यास्पर जे मिलर, २५ बर्षको उमेरमा (सन् १९५८) नेपाल आएका थिए । ६५ बर्ष सम्म नेपाललाई आफ्नो कर्मथलो बनाएर यिनले शिक्षाविद, लेखक, काउन्सिलर, पियानोवादक लगायत भूमिकामा योगदान दिए । उनै मिलरको नब्बे बर्षको उमेरमा माघ १ गते आइतबार देहावसान भयो । राजधानीको टेकु दोभानमा सोमबार हिन्दु परम्परा अनुसार चितामा राखी अग्नि अर्पण गरी उनको अन्त्येष्टि गरियो । त्यसअघि उनको पार्थिव शरिर अन्तिम दर्शनका लागि जावालाखेल सेन्ट जेवियर स्कूलस्थित निवासमा राखिएको थियो । जहाँ उनका विद्यार्थी एवं शुभेच्छुकहरु पुगेका थिए । विशेष पूजा, प्रार्थना पश्चात उनका पार्थिव शरिर टेकुमा अन्त्येष्टि गरिएको थियो ।

फादर मिलर सन् १९६७ देखि १९७५ का बिच दुइपटक सेन्ट जेभियर गोदावरी र जावलाखेलमा प्राध्यापकका रुपमा कार्यरत थिए । उनी त्रिभुवन विश्वविद्यालयबाट मानव विज्ञान (अन्थ्रोपोलोजी) मा विद्यावारिधि गर्ने सम्भवतः पहिलो व्यक्ति थिए । उनले फेथ हिलर्स ईन हिमालयाज, डिसिजन मेकिङ इन द विलेज नेपाल, टु योरसेल्फ बि टु लगायका पुस्तकहरु लेखेका थिए । उनको देहावसानपछि नेपालले शिक्षा छेत्रमा अतुलनीय योगदान पु¥याएको व्यक्ति गुमाएको छ ।

तस्विरहरु : विकास रौनियार
(फोटो पत्रकार रौनियार उनका विद्यार्थी हुन्)

याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



...
google

tenderdoll

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested