English

नेपाली समाजलाई खाँचो छ, महावीरको दोस्रो संस्करण



धुम्म हुनेछ त्यो दिन, हराएको घाम हुनेछ ।
मलामीहरूको ताँती, मुखमा सबैको रामराम हुनेछ ।
सनाखत भएपछि पोस्टमार्टम नि गर्लान्,
नियालेर हेर्नु मुटुमा तिम्रै नाम हुनेछ ।

रचनाकार, महावीर विश्वकर्माको त्यो मुटुमा कसको नाम थियो ? उत्तर पाउने छौँ, नेपाली समाजमा वर्षौँदेखि जरा गाडेर बसेको जात व्यवस्था र उत्पीडितहरूको ।

सडकका गल्लीबाट एकै स्वरमा सत्ता, शक्ति र समाजलाई आफ्नो परिचय गराउँथे, ‘अघाएकाहरूले ठिकठाक देखिरहेको समाजलाई, भोकाएकाहरूको आँखाबाट हेरेर भताभुङ्ग भनिरहेको एक असन्तुष्ट पात्र ।’ त्यहीँ पात्र सन्तुष्ट नभएरै अवसान भयो ।

०७९ मङ्सिर ६ गते बिहान, सबैको कानसम्म एउटै खबर पुग्यो, ‘सवारी दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको निधन ।’ जुन खबरले सारालाई स्तब्ध बनायो ।

लगत्तै लेखक, पत्रकार एवम् बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले ट्विट गरे, ‘प्रखर बौद्धिक र जुझारु अभियन्ता । युवावयमै ठूलो खती भयो । वि विल मिस हिम ।’

aahuti
आहुति
महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी

सामाजिक परिवर्तनको आन्दोलनमा नयाँ युगका, नयाँ युवाहरूलाई प्रशिक्षित गर्ने अगुवाहरूको आन्दोलनमा ठूलो भ्वाङ परेको छ ।

मुक्तक विधाबाट लोकप्रियता कमाएका महावीर विश्वकर्मा, पछिल्लो समय वाम विचार र सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएका थिए । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’मा पछिल्लो समय समाज र राजनीतिसँग साहित्य जोड्थे ।

जसले सेलिब्रेटीको तक्मा छोडे

चितवनको सुकुम्वासी परिवारमा जन्मिएका महावीर, देशको परिचित भए । उनी सेलिब्रेटी नै थिए । तर, त्यो सेलिब्रेटीको तक्मा बन्द कोठामा राखेर उत्पीडितका पक्षमा उभिएका थिए, महावीर । उनका साथीभाइ र अग्रजहरू यसैगरि सम्झिन्छन् ।

महावीरसँगको संगत स्मरण गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति भन्छन्, ‘जात व्यवस्थाविरुद्ध नयाँ ढङ्गले आउन चाहँदैनन्, युवाहरू बिक्न मात्र जान्दछन्, भन्ने जुन खालको भाष्य निर्माण गर्न खोजिएको थियो, त्यो कुरा गलत छ भन्ने साबित महावीरले गरे,’ उनी थप्छन्, ‘सामाजिक परिवर्तनको आन्दोलनमा नयाँ युगका, नयाँ युवाहरूलाई प्रशिक्षित गर्ने अगुवाहरूको आन्दोलनमा ठूलो भ्वाङ परेको छ ।’

महावीर पुँजीवादी बजार व्यवस्था र जात व्यवस्थाको विरुद्धमा हजारौँ महावीर उत्पादन गर्न चाहन्थे । उनी लाखौँ युवाको प्रेरणाको स्रोत पनि हुन् ।

rupa sunar
रुपा सुनार
केन्द्रीय सदस्य, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रुपा सुनारको बुझाइ पनि उस्तै छ । उनले बुझाइन्, ‘महावीर पुँजीवादी बजार व्यवस्था र जात व्यवस्थाको विरुद्धमा हजारौँ महावीर उत्पादन गर्न चाहन्थे । उनी लाखौँ युवाको प्रेरणाको स्रोत पनि हुन् ।’

महावीरलाई कसरी सम्झिनु हुन्छ ? जवाफमा भावुक भइन् रुपा, ‘म आफै पनि टेलिभिजनमा काम गरिराखेको, गायन क्षेत्रमा लागेको एउटा पात्र थिए मलाई यही क्षेत्रबाट परिवर्तन गर्छु भन्ने थियो । जब मेरो महावीर कमरेडसँग भेट भयो, वहाँको प्रेरणाले नै मलाई यो रङ्गिन दुनियाँमा हराए भने समाज बदल्नको लागि मैले केही पनि योगदान दिन सक्दिन भन्ने खालको सोच निर्माण भयो ।’

jagrit rayamajhi
जागृत रायमाझी
प्रवक्ता, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी

अहिलेका मिडियाहरू यही सत्ता वरिपरिकै मिडिया हुन् । उनी सत्ता बाहिरको आन्दोलनमा भएको कारण उनको नयाँ परिचय स्थापित गर्न नचाहेको र उनीहरूको दायित्व नठानेको हो ।

सम्झनामा ताजै

विभेदविरुद्धको सङ्घर्षमा महावीरले हात हाल्ने सङ्कल्प गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता जागृत रायमाझीले बताए । राजनीतिक परिवर्तन वा सामाजिक व्यवस्थाको परिवर्तनलाई आत्मसात् गर्दे पूर्णकालीन राजनीतिमा आएको उनी बताउँछन् ।

‘उनले रोजेको बाटो हालको सत्ता परिवर्तनका लागि थियो । उनी नयाँ सत्ता निर्माणका लागि लडाइँमा होमिएका थिए । तर अहिलेका मिडियाहरू यही सत्ता वरिपरिकै मिडिया हुन् । उनी सत्ता बाहिरको आन्दोलनमा भएको कारण उनको नयाँ परिचय स्थापित गर्न नचाहेको र उनीहरूको दायित्व नठानेको हो कि ?’ उनी भन्छन्, ‘त्यसो त ठिक खालको विषय उजागर गर्नको लागि ठिक खाल कै सञ्चार माध्यमको आवश्यकता पर्छ । त्यो खालको सञ्चारमाध्यमको अभाव छ ।’

महावीर जत्तिकै पात्र अर्को समुदायमा भयो भने त्यो स्वतः मान्छेलाई ठूलो जस्तो लाग्छ, त्यही विषय उत्पीडित समुदायमा देखा पर्यो भने कम महत्त्व लाग्छ, त्यसमा पनि उत्पीडित दलित र दलितभित्र पनि महिला पर्यो भने त झन् विषय नै बन्दैन ।

महावीर, दलित अधिकारकर्मी थिए भनेर व्याख्या गर्नु सञ्चारकर्मीको ज्ञानको सीमा भएको र जात व्यवस्था विरुद्ध बोल्ने सबैलाई दलित अधिकारकर्मीको रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेको आहुति बताउँछन् ।

‘उनीहरूले जात व्यवस्था विरुद्ध बोल्ने सबैलाई दलित अधिकारकर्मी सबै एक खालका हुन् भनेर प्रस्तुत गर्ने प्रयत्न हो । जुन गलत कुरा हो । त्यो सञ्चारकर्मीको चेतनाको समस्या पनि हो जस्तो लाग्छ,’ उनी थप्छन् ‘महावीर जत्तिकै पात्र अर्को समुदायमा भयो भने त्यो स्वतः मान्छेलाई ठूलो जस्तो लाग्छ, त्यही विषय उत्पीडित समुदायमा देखा पर्यो भने कम महत्त्व लाग्छ, त्यसमा पनि उत्पीडित दलित र दलितभित्र पनि महिला पर्यो भने त झन् विषय नै बन्दैन ।’

महावीर सञ्चार र साहित्यमा मात्रै अब्बल थिएनन्, उत्पीडितहरूको पक्षधर पनि थिए । सामाजिक न्यायको आन्दोलनका एक अग्रणी योद्धा भएको अधिकारकर्मीहरू सम्झिन्छन् ।

महावीर, राज्य व्यवस्था र दबिएको सामाजिक न्यायका लागि आवाज उठाउँथे । पीडितका पक्षमा बोल्थे, लेख्थे र सडकमा उत्रिने गरेका थिए ।

महावीर, राज्य व्यवस्था र दबिएको सामाजिक न्यायका लागि आवाज उठाउँथे । पीडितका पक्षमा बोल्थे, लेख्थे र सडकमा उत्रिने गरेका थिए ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका महावीर, जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव भएर काम गरिरहेका थिए । महावीरको सम्झनामा अहिले विभिन्न कार्यक्रम भइरहेका छन् ।
किन ?
कुरा सानो होला तर गहिरो छ है–महावीरलाई कसरी सम्झिने ?
किनकि, नेपाली समाजले महावीर ‘मिस’ गरिरहेको छ ।
नेपाली समाजले अर्को महावीर खोजिरहेको छ ।

यो पनि…
सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल



...
binance sign up

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/ro/register?ref=HX1JLA6Z

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested