अनुहारमा एलोभेरा लगाउनु फाइदा की बेफाइदा ?
यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको लागि धेरै लाभदायक हुन्छ। यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ जसले छालालाई क्षति हुनबाट जोगाउँछ । एलोभेराका धेरै फाइदाहरू छन्, यसले धेरैलाई एलर्जी पनि हुन सक्छ, त्यसैले यसलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ। यसलाई खानामा पनि समावेश गर्न सकिन्छ।
अनुहारमा एलोभेरा कसरी लगाउने ?
यदि तपाईँसँग ताजा एलोभेरा वा एलोभेराको बोट छ भने सबैभन्दा पहिले एलोभेरालाई बीचबाट काट्नुहोस् र यसको ताजा जेल निकाल्नुहोस्। यसको पातलो तह बिहान र बेलुका आफ्नो अनुहारमा लगाउनुहोस् र केही समय पछि धुनुहोस्। यदि तपाईँसँग राम्रो कम्पनीको एलोभेरा जेल छ भने, यसलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ। तपाईँ राती सुत्नु अघि अनुहारमा एलोभेरा लगाउन सक्नुहुन्छ, यसले तपाईँको छालालाई बिहान धेरै नरम र चम्किलो राख्छ।
एलोभेरा अनुहारमा लगाउनुको फाइदा
–एलोभेराले दागहरू कम गर्न मद्दत गर्दछ : जेलको प्रयोगले छालाको धेरै समस्याहरू समाधान गर्न सक्छ । घाममा पोलेको र जलेको दागहरू कम गर्न धेरै लाभदायक छ।
–एलोभेरा सुख्खा छालाका लागि फाइदाजनक छ : यदि तपाईँको छाला सुख्खा छ भने, यो जेलको प्रयोगले तपाईँको छालालाई धेरै हाइड्रेटेड महसुस गराउन सक्छ। यो जेल छालालाई मोइस्चराइज गर्न पनि उपयोगी हुन्छ।
–एलोभेराले छालालाई मुलायम बनाउँछ : यदि तपाईँ छालाको प्रवाह कम र धेरै मुलायम चाहनुहुन्छ भने, तपाईँ यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यसले छालालाई नरम बनाउन मद्दत गर्छ ।
–छालाको रोगमा एलोभेरा फाइदाजनक छ : यदि तपाईँलाई एक्जिमा, सोरायसिस, सोइलिङ्ग जस्ता समस्या छ भने, तपाईँ विशेषज्ञको सल्लाहमा नियमित रूपमा एलोभेरा प्रयोग गर्न सक्नुहुन्छ।
एलोभेरा अनुहारमा लगाउनुका बेफाइदा
अनुहारमा एलोभेरा प्रयोग गर्नु केही व्यक्तिहरूको लागि हानिकारक पनि हुन सक्छ, किनकि यो सबैको छालाको लागि उपयुक्त हुँदैन। जब तपाईँ अनुहारमा एलोभेरा प्रयोग गर्नुहुन्छ, यसलाई एकै पटक पूरै अनुहारमा लगाउनु हुँदैन। पहिले आफ्नो हातको छालामा प्रयास गर्नुहोस्। यदि तपाईँलाई जलन, दाग वा अन्य कुनै साइड इफेक्ट छ भने एलोभेरा प्रयोग नगर्नुहोस्। विशेष गरी बजारमा पाइने एलोभेरा जेलले तपाईँलाई हानि पु¥याउन सक्छ, त्यसैले पहिले एलोभेरा जाँच गर्नुहोस् र त्यसपछि प्रयोग गर्नुहोस्।
यो पनि…
सुख्खा छालामा मह प्रयोग गर्ने यी तीन तरिका
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ










binance sign up bonus
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.