English

प्राकृतिक सौन्दर्य पाउन यसो गर्नुहोस्



सबैलाई सुन्दर हुन मन लाग्छ । महिलालाई दैनिक जीवनमा छाला सम्बन्धी धेरै प्रकारको समस्याको सामना गर्नुपर्छ । राति अबेरसम्म नसुत्दा पनि अनुहारमा कालो घेरा आउने गर्छ । बजारमा उपलब्ध धेरै उत्पादनको प्रयोग गर्दा कहिलेकाहीँ साइड इफेक्ट पनि देखिन्छ । यदि कुनै साइड इफेक्ट बिना सुन्दर छाला चाहनुहुन्छ भने, यी टिप्स पालना गर्नुहोस् ।

ताजा सागसब्जी उपभोग

कस्तो प्रकारको खाना खाइरहनुभएको छ, त्यो कुरामा ध्यान दिन जरुरी हुन्छ । आहारमा ताजा फलफूल, हरियो सागसब्जी, प्रशस्त प्रोटिन र भिटामिन समावेश गर्नुहोस् । भिटामिन सी युक्त, कम बोसो, कम चिनी भएको खाना खानुहोस् । यसले छालाको सौन्दर्य बढाउन मद्दत गर्छ ।

एक्सरसाइज

नियमित एक्सरसाइज गर्नुहोस् । दौडनु र योग गर्नु शरीरको लागि धेरै महत्त्वपूर्ण छ । कसरत गर्दा अनुहारमा चमक स्पष्ट रूपमा देखिन्छ । त्यस करण नियमित एक्सरसाइज गर्नुहोस् ।

पर्याप्त निन्द्रा

शरीरका लागि कम्तीमा ८ घण्टा सुत्न आवश्यक छ । यदि पर्याप्त निद्रा पाउनुहुन्न भने शरीर थकित देखिन्छ । त्यसैले पर्याप्त निन्द्रा लिनु स्वास्थ्य तथा छालाका लागि फाइदाजनक हुन्छ ।

सनस्क्रिमको प्रयोग

सूर्यको हानिकारक किरणले उमेर अघि नै चाउरी, दाग र छाला सम्बन्धी समस्या निम्त्याउँछ । त्यसैले घरबाट बाहिर निस्कँदा सनस्क्रिम लगाउन नबिर्सनुहोस् । यसले तपाईँको छालालाई खतरनाक घामका किरणबाट जोगाउँछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested