English

एम्बुलेन्स संचालन सहयोगार्थ ‘भिषण सांगीतिक साँझ’



एम्बुलेन्स संचालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो। भोजपुरे सेवा समाज काठमाडौंले एकल साँझको आयोजना गर्न लागेको हो ।

राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए। नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ–३ अन्नपूर्णले संचालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको मुकारूङको भनाइ छ।

‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो। यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ मुकारूङले सुनाए।

मुकारुङ भोजपुरको ट्याम्के मैयुङ–३ अन्नपूर्णका हुन्। दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन्। उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन्।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत