English

२५ वर्षभन्दा कम उमेरकासँग मात्र लियोनार्दोको प्रेम



हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो र उनकी प्रेमिका केमिला मोरोन अलग्गिएका छन् । दुवैले चार वर्षको डेटपछि अलग्गिने निर्णय गरेका हुन् । डिकाप्रियोको डेटिङ विगतलाई हेर्ने हो भने उनका सबै प्रेमिका २५ वर्षभन्दा बढी उमेरका कोही छैनन् ।

४७ वर्षका डिकाप्रियोकी हालको प्रेमिका मोरोन २५ वर्षकी थिइन् । डिकाप्रियोकी पहिलो प्रेमिका गिसेल बडचेन हुन् । उनीसँग डिकाप्रियोको त्यो समयमा ब्रेकअप भयो जुन बेला गिसेलको उमेर २० मात्र थियो ।

अर्की प्रेमिका बार रेफेलीले २२ वर्षको उमेरमा डिकाप्रियोसँग प्रेम गरिन् । तर, एक वर्ष पुग्न नपाउँदै उनीहरुको ब्रेकअप भयो । त्यस्तै ब्ल्याक लिवलीको अवस्था उस्तै छ । २० वर्षको उमेरमा डिकाप्रियोसँग डेट गरेकी उनले २१ वर्षमै ब्रेकअप गरिन् ।

एरिन हेदरटन पनि डिकाप्रियोकी प्रेमिका थिइन् । डिकाप्रियोसँग उनको ब्रेकअप हुँदा उनी २४ वर्षकी थिइन् । टोनी गर्न २३ वर्षकी मात्र थिइन्, जुन समयमा उनले डिकाप्रियोसँगको सम्बन्ध तोडिन् ।

केली रोरबाकसँग डिकाप्रियोको ब्रेकअप केली २५ वर्षको उमेरमा हुँदा भएको थियो । डिकाप्रियोको अर्की प्रेमिका नीना अगडल थिइन् । जो उनकी ७ औं प्रेमिका थिइन् । उनको पनि २४ वर्षको उमेरमै ब्रेकअप भयो ।

यो पनि…
लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested