प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि…



पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पर्यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे ।

बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ति काटिएको छ भन्ने कसैलाई थाहा भएन ।

आक्रोशित गाउँलेले बत्ति नआउने समयलाई ध्यान दिन थाले । साँझ परेपछि सधै बत्ति जाने गरेको उनीहरू निष्कर्षमा पुगे । एक दिन बिजुली गएको समयमा गणेशपुरका धेरै बासिन्दाहरूले गाउँको गस्ती नै गरे ।

गस्ती गर्दै जाँदा तिनीहरू गाउँको विद्यालयको आँगनमा पुगे, जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका प्रेमी र प्रेमिका देखे । ती प्रेमी पेसाले इलेक्ट्रिसियन भएको र आफ्नो सुमधुर प्रेमलाई गोप्य राख्न उनले हरेक दिन साँझ दुई तीन घन्टा विद्युत कटौती गरेका थिए ।

आफ्नी प्रेमिकालाई भेट्न चाहेको बेला पूरै बस्तीको बिजुली काटिदिएको स्वीकार गरेपछि ती टेक्निसियनलाई गाउँलेले कुटपिट गरेर सडकमा परेड गराएका थिए । सौभाग्य उनको कथाले सुखद अन्त्य हुन्छ । गोप्य रोमान्सको बारेमा थाहा पाएपछि गाउँका बुढापाकाले उनीहरूलाई विवाह गर्न अनुमति दिएका थिए ।

यो पनि…
विवाह मण्डपबाटै दुलहा पक्राउ !
यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

एलियनको बारेमा धेरै वर्षदेखि बहस चलिरहेको छ। केही मानिसहरू विश्वास गर्छन् कि त्यहाँ एलियनहरू छन्। र केही मानिसहरू भन्छन् कि

न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । सिंगापुरको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी)

संसारभर दुर्घटनामा धेरैको मृत्यु हुने गरेको छ । सवारीसाधनको चाप बढेसँगै दुर्घटनाका घटना पनि बढेका छन् । पहाडी क्षेत्र वा

साइन्स एडभान्सेस जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययनले शरीरको गन्ध उस्तै भएका मानिस साथीको रूपमा प्राकृतिकरूपमा मिलनसार र साथी बन्न सक्ने

Suggested