English

प्रेमीबाट अलग्गिइन् पूर्व पोनस्टार मिया खालिफा



पोर्न उद्योगको पहिचान बनेकी मिया खालिफा अब एक हाउस होल्ड नाम बनिसकेकी छन् । सोसियल मिडिया सेनसेसन मिया प्रायः केही न केही गरिरहेकी हुन्छिन्, जसकारण उनी चर्चामा आउँछिन् ।

उनी ट्वीटरसँगै टिकटकमा पनि लोकप्रिय छिन् । हालैमात्र उनले आफ्नो प्रेमी ‘प्युर्टो रिकान’ गायक झे कोर्तेजसँग ब्रेकअप भएको घोषणा गरेकी छन् ।

यो जोडीले गत वर्षको नोभेम्बरबाट डेट सुरु गरेका थिए । दुवैबीच राम्रै सम्बन्ध चलिरहेको थियो । मिया प्रेमीप्रति निकै उत्साहित पनि थिइन् । पूर्व पोर्नस्टार प्रायः प्रेमीसँगको फोटो सामाजिक सञ्जालमा राखिरहन्थिन् ।

एडल्ट फिल्मकी लेबनानी अभिनेत्रीले टिकटकमा एक अनौठो सन्देश सेयर गरेकी छन् । जुन सन्देश देखेर जोकोही चकित भइरहेका छन् । ‘जब तपाईं भावनात्मक रूपले सारा सम्बन्धलाई परिपक्व बनाउनुहुन्छ, तर तपाईं कुनै अर्को मानिसको ठूलो छोरालाई पाल्नका लागि आफ्नो भित्री युद्धबाट बच्न पाउनुहुन्न’, उनले लेखेकी छन् ।

मियाले यो सन्देश आफ्नै एक उदास तस्बिर राखेर सेयर गरेकी छन् ।

याे पनि…
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested