English

अब ट्विटर एलन मस्कको स्वामित्वमा, किने ४४ अर्ब डलरमा



विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राखेका छन् जसलाई कम्पनीले स्वीकार गरेको छ ।

मस्कले दुई हप्ताअघि ट्वीटरमा ‘उत्कृष्ट क्षमता’ भएको र त्यसलाई आफूले अनलक गर्न चाहेको बताएका थिए ।

ट्विटरले जब अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध गरेको थियो, त्यति नै बेला मस्क, जो आफूलाई वाक स्वतन्त्रताका पक्षधर बताउँछन्, ले उनी यो मञ्चलाई सुधार्न चाहेको बताएका थिए ।

मस्कले हिजो राति एक बयान जारी गर्दै ट्विट गरे, ‘वाक स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो र ट्विटर डिजिटल संसारको एउटा टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरू बहस गरिन्छ । म पनि नयाँ सुविधासहित ट्विटरलाई पहिलेको भन्दा उत्कृष्ट बनाउन चाहन्छु ।

मानिसहरूलाई यो प्लेटफर्मप्रति विश्वास बढाउनका लागि एल्गोरिदमलाई ओपन–सोर्स बनाउनु, स्प्याम बट्सलाई हटाउनु र सबैको पहिचानलाई प्रमाणित गर्नु यसमा समावेश हुनेछ ।’

यस सम्झौतासँगै सार्वजनिकरूपमा कारोबार गर्ने कम्पनी ट्विटर अब मस्कको स्वामित्वमा रहेको निजी कम्पनी हुनेछ ।

ट्विटरले दिएको जानकारीअनुसार कम्पनीको मूल्य ५४.२० डलर प्रतिसेयरको हिसाबले लगाइएको छ जुन कुल ४४ अर्ब डलर हुनेछ । कम्पनीले अब सेयरधनी हरूलाई सम्झौता अनुमोदन गर्न मतदान गर्न आग्रह गर्ने बताएको छ ।

कम्पनीका सिइओ पराग अग्रवालले एउटा ट्विटमा भने, ‘ट्विटरको एउटा उद्देश्य र सान्दर्भिकता छ जसले पूरा विश्वलाई प्रभावित पार्ने गर्छ । हामीलाई हाम्रो टिममाथि गहिरो गर्व छ र हामी पहिले भन्दा धेरै महत्वपूर्ण कुरा गर्न प्रेरित छौँ ।’

फोर्ब्स पत्रिकाका अनुसार एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति २७३.६ बिलियन डलर छ । उनको धेरै सम्पत्ति इलेक्ट्रिक वाहन निर्माता टेस्लामा उनको हिस्सेदारीको कारण हो । उनीसँग एयरोस्पेस फर्म स्पेसएक्सको पनि स्वामित्व छ ।

यो पनि
ट्विटर किन्न आतुर एलन मस्कविरुद्ध उत्रियो ट्विटर
मानिसले आफ्नो दिमाग अब रोबोटमा डाउनलोड गर्न सक्ने प्रविधिको विकास



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested