English

अब ट्विटर एलन मस्कको स्वामित्वमा, किने ४४ अर्ब डलरमा



विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राखेका छन् जसलाई कम्पनीले स्वीकार गरेको छ ।

मस्कले दुई हप्ताअघि ट्वीटरमा ‘उत्कृष्ट क्षमता’ भएको र त्यसलाई आफूले अनलक गर्न चाहेको बताएका थिए ।

ट्विटरले जब अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध गरेको थियो, त्यति नै बेला मस्क, जो आफूलाई वाक स्वतन्त्रताका पक्षधर बताउँछन्, ले उनी यो मञ्चलाई सुधार्न चाहेको बताएका थिए ।

मस्कले हिजो राति एक बयान जारी गर्दै ट्विट गरे, ‘वाक स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो र ट्विटर डिजिटल संसारको एउटा टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरू बहस गरिन्छ । म पनि नयाँ सुविधासहित ट्विटरलाई पहिलेको भन्दा उत्कृष्ट बनाउन चाहन्छु ।

मानिसहरूलाई यो प्लेटफर्मप्रति विश्वास बढाउनका लागि एल्गोरिदमलाई ओपन–सोर्स बनाउनु, स्प्याम बट्सलाई हटाउनु र सबैको पहिचानलाई प्रमाणित गर्नु यसमा समावेश हुनेछ ।’

यस सम्झौतासँगै सार्वजनिकरूपमा कारोबार गर्ने कम्पनी ट्विटर अब मस्कको स्वामित्वमा रहेको निजी कम्पनी हुनेछ ।

ट्विटरले दिएको जानकारीअनुसार कम्पनीको मूल्य ५४.२० डलर प्रतिसेयरको हिसाबले लगाइएको छ जुन कुल ४४ अर्ब डलर हुनेछ । कम्पनीले अब सेयरधनी हरूलाई सम्झौता अनुमोदन गर्न मतदान गर्न आग्रह गर्ने बताएको छ ।

कम्पनीका सिइओ पराग अग्रवालले एउटा ट्विटमा भने, ‘ट्विटरको एउटा उद्देश्य र सान्दर्भिकता छ जसले पूरा विश्वलाई प्रभावित पार्ने गर्छ । हामीलाई हाम्रो टिममाथि गहिरो गर्व छ र हामी पहिले भन्दा धेरै महत्वपूर्ण कुरा गर्न प्रेरित छौँ ।’

फोर्ब्स पत्रिकाका अनुसार एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति २७३.६ बिलियन डलर छ । उनको धेरै सम्पत्ति इलेक्ट्रिक वाहन निर्माता टेस्लामा उनको हिस्सेदारीको कारण हो । उनीसँग एयरोस्पेस फर्म स्पेसएक्सको पनि स्वामित्व छ ।

यो पनि
ट्विटर किन्न आतुर एलन मस्कविरुद्ध उत्रियो ट्विटर
मानिसले आफ्नो दिमाग अब रोबोटमा डाउनलोड गर्न सक्ने प्रविधिको विकास



सम्बन्धित खबरहरु

अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र

नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

Latest










Popular
Suggested