English

ट्विटर किन्न आतुर एलन मस्कविरुद्ध उत्रियो ट्विटर



स्पेस–एक्सका संस्थापक तथा टेस्लाका सीईओ एलन मस्कको नजर सोसल मिडिया प्लेटफर्ममा अडिएको छ । उनी सोसल मिडिया प्लेटफर्म ट्वीटर खरिद गर्न खुलेर कोसिस गरिरहेका छन् । तर, ट्वीटरको बोर्ड उनलाई रोक्नका लागि आफ्नो अन्तिम विकल्पसम्म आइपुगेको छ ।

ट्विटरको बोर्डले कम्पनीलाई एलन मस्कको हातबाट टाढा राख्न चाहन्छ । बोर्डले जबर्जस्ती अधिग्रहण (होस्टाइल टेकओभर) बाट कम्पनीलाई बचाउनका लागि ‘पोइजन पिल’ को तरिका अपनाएको छ ।

‘पोइजन पिल’ कुनै कम्पनीलाई जबर्जस्ती अधिग्रहणबाट बचाउने एउटा तरिका हो । यो सिमित अवधिको सेयरहोल्डर अधिकार योजना हो जसले कसैलाई पनि कम्पनीको १५ प्रतिशतभन्दा बढी शेयर खरिद गर्नबाट रोक्छ ।

यसमा कम्पनीले अरुलाई कम्पनीको थप सेयर केही छुटमा खरिद गर्न अनुमति दिन्छ । यसले अधिग्रहणकर्ताको शेयरको मूल्य घटाउँछ र अधिग्रहणलाई गाह्रो बनाउँछ । साथै, कम्पनीको अधिग्रहण गर्ने मूल्य पनि बढ्छ ।

ट्विटर बोर्डले यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगलाई आफ्नो उद्धार योजनाको बारेमा विस्तृत रूपमा बताएको छ । एक बयानमा कम्पनीले एलन मस्कको ट्विटर प्राप्त गर्नका लागि अनावश्यक, गैर बाध्यकारी प्रस्तावका कारण यसको आवश्यकता भएको बताएको छ ।

कुनै कम्पनीको व्यवस्थापनको स्वीकृति बिना कम्पनी कब्जा गर्नका लागि जबर्जस्ती कोशिस गरिन्छ भने त्यसलाई कम्पनीको टेकओभर मानिन्छ ।

यो पनि
नेपालमै बन्यो भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकैपटक हजारौँ फोनमा ‘भ्वाइस एसएमएस’
मानिसले आफ्नो दिमाग अब रोबोटमा डाउनलोड गर्न सक्ने प्रविधिको विकास



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested