English

ट्विटर किन्न आतुर एलन मस्कविरुद्ध उत्रियो ट्विटर



स्पेस–एक्सका संस्थापक तथा टेस्लाका सीईओ एलन मस्कको नजर सोसल मिडिया प्लेटफर्ममा अडिएको छ । उनी सोसल मिडिया प्लेटफर्म ट्वीटर खरिद गर्न खुलेर कोसिस गरिरहेका छन् । तर, ट्वीटरको बोर्ड उनलाई रोक्नका लागि आफ्नो अन्तिम विकल्पसम्म आइपुगेको छ ।

ट्विटरको बोर्डले कम्पनीलाई एलन मस्कको हातबाट टाढा राख्न चाहन्छ । बोर्डले जबर्जस्ती अधिग्रहण (होस्टाइल टेकओभर) बाट कम्पनीलाई बचाउनका लागि ‘पोइजन पिल’ को तरिका अपनाएको छ ।

‘पोइजन पिल’ कुनै कम्पनीलाई जबर्जस्ती अधिग्रहणबाट बचाउने एउटा तरिका हो । यो सिमित अवधिको सेयरहोल्डर अधिकार योजना हो जसले कसैलाई पनि कम्पनीको १५ प्रतिशतभन्दा बढी शेयर खरिद गर्नबाट रोक्छ ।

यसमा कम्पनीले अरुलाई कम्पनीको थप सेयर केही छुटमा खरिद गर्न अनुमति दिन्छ । यसले अधिग्रहणकर्ताको शेयरको मूल्य घटाउँछ र अधिग्रहणलाई गाह्रो बनाउँछ । साथै, कम्पनीको अधिग्रहण गर्ने मूल्य पनि बढ्छ ।

ट्विटर बोर्डले यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगलाई आफ्नो उद्धार योजनाको बारेमा विस्तृत रूपमा बताएको छ । एक बयानमा कम्पनीले एलन मस्कको ट्विटर प्राप्त गर्नका लागि अनावश्यक, गैर बाध्यकारी प्रस्तावका कारण यसको आवश्यकता भएको बताएको छ ।

कुनै कम्पनीको व्यवस्थापनको स्वीकृति बिना कम्पनी कब्जा गर्नका लागि जबर्जस्ती कोशिस गरिन्छ भने त्यसलाई कम्पनीको टेकओभर मानिन्छ ।

यो पनि
नेपालमै बन्यो भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकैपटक हजारौँ फोनमा ‘भ्वाइस एसएमएस’
मानिसले आफ्नो दिमाग अब रोबोटमा डाउनलोड गर्न सक्ने प्रविधिको विकास



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् । देवकोटालाई अध्यक्ष

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था