English

नेपालमै बन्यो भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकैपटक हजारौँ फोनमा ‘भ्वाइस एसएमएस’



सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा आधारित नयाँ सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा सञ्चालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सुरुवात गरिएको रिङ्गेजका अध्यक्ष दीपेश रेग्मीले बताए ।

सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौँ फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रशारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ हो । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिष्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रूपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई ‘भ्वाइस एसएमएस’ पनि भनिन्छ ।

केही महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परीक्षण गरिएको रेग्मीले जानकारी दिए । महाधिवेशनमा उम्मेदवारले प्रतिनिधिहरूसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए ।

चुनावमा भोट माग्न मात्र नभई कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन् ।

यो पनि
‘एफ–२२’ फाइटर जेटलाई सेवाबाट हटाउँदै पेन्टागन
अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन : सुरक्षामा चीन र रूस प्रमुख खतरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested