English

बाल चित्रकथा ‘सपनाको व्यापारी’



टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ । कथालाय इन्कका डाइरेक्टर राजीवधर जोशीले यसलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । यसमा वागर अघाईका चित्र समावेश छन् ।

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग परेको छ । किनकि ऊ सानो भए पनि उसका सपना निकै ठूला छन् ।

सानोपंखी चरा सपनाका व्यापारी आउनेबारे बुझ्न उल्लुकाकालाई सोध्न पुग्छ । त्यसपछि उनीहरू अघि बढ्छन् । एकाएक आकाशमा रंगीबिरंगी चराहरू देखा पर्छन्, ती बिस्तारै कागहरूको देशमा आइपुग्छन् । बहुमूल्य सामान लिएर आएका ती सपनाका व्यापारीले सबैलाई आफ्नो रुचिअनुसारको सामान बेचेर फर्कन्छन् ।

ठूलाठूला सपना बोकेर हिँड्ने सानोपंखीको रोजाइमा कुन सामान प¥यो होला रु के त्यसबाट ऊ खुसी भयो होला रु यसमा सानोपंखीको मनोदशालाई पनि प्रस्तुत गरिएको छ ।

सात वर्ष वा त्यसभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न यो कथा उपयुक्त छ । यसमा चराहरूको संसार प्रस्तुत गरिएकाले बालबालिकालाई कल्पनाशील बनाउन पनि सिकाउँछ ।

३० वर्षयता लेखन र प्रकाशनको क्षेत्रमा सक्रिय गिन्युसको जन्म सन् १९६८ मा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा प्राथमिक शिक्षा हासिल गरेकी उनले बोगाजिकी विश्वविद्यालयमा टर्किस भाषा र साहित्यको अध्ययन गरिन् । १९९२ देखि १९९४ सम्म अंग्रेजी शिक्षकको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । १९९४ मै मास्टर्स डिग्री हासिल गरेकी उनले सन् २००१ मा डक्टरेटको उपाधि लिइन् ।

बालबालिकाका लागि उनका २० भन्दा बढी पुस्तक प्रकाशनमा छन् । विशेषगरी टर्कीको प्राथमिक तहका लागि उनले किताव लेखेकी छन् ।

पुस्तककी चित्रकार अघाईको जन्म १९९२ मा तेब्रिजमा भएको हो । तेहरान विश्वविद्यालयबाट टेक्सटाइल र फेसन विधामा स्नातक उनले चित्रकारितामा स्नातकोत्तर पूरा गरिन् । हाल उनी यिल्डिज प्राविधिक विश्वविद्यालयबाट कला र डिजाइनमा पीएचडी गरिरहेकी छन् । उनले २००८ देखि बालबालिकाका पुस्तकमा चित्र बनाउन थालेकी हुन् ।

यो पनि
कमजोर धरातलमा उभिएको हाम्रो जलस्रोत कूटनीति
मनमोहन अधिकारी र भदौ १२ को फैसला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य