English

शहरमा सुरक्षित छैन चरा



भक्तपुरेन्सको सामाजिक सञ्जाल (फेसबुक) मा एउटा मन नै चिसो हुने खालको घटना निरन्तर भाइरल बनिरहेको छ हिजोआज, त्यो हो रुखमा रहेका थुप्रो बक्कुलाका अण्डा र बच्चाहरू मर्ने गरी रुख काटेको । नेपालकै पुरानो पदम मावि दरवार क्षेत्र भक्तपुरको कम्पाउण्डभित्र रहेका तीनवटा रुखहरू काट्दा ती रुखमा रहेका बक्कुलाका बचेरोहरु भुइँमै खसेर मरेका थिए ।

रुख काट्दा एक सयदेखि एक सय ५० वटा अण्डा फुटेका, बच्चा कोरल्ने बच्चा बसिसकेका एक सयदेखि दुई सय अण्डा फुटेका, भर्खरैका चल्लाहरू कम्तीमा १५ देखि २० वटा मरेका, पखेटा र भुवाहरू पलाउन थालेका भर्खरका बच्चाहरू २० देखि २५ वटा (त्यसमध्ये पाँंच दशवटा मरेका) दर्दनाक घटना विवरण भाइरल बनिरहेको हो ।

भक्तपुरेन्सको समूह फेसबुकका सञ्जयप्रसाद सुवालले राखेको पोष्टमा उनले ६१४ शब्दको दुःखद् घटना विवरण उल्लेख गरेका छन् । साथै उनले तस्बिर र भिडियोमा पनि पोष्ट गरेका छन् । यही घटनाको रोइकराई भाव अरुले पनि सामाजिक सञ्चालमा राखेका छन् । स्टाटसमा पोष्ट गर्नेहरुले घटना देखेपछि प्रतिवाद पनि गर्न पुगेको, तर रुख काटने ठेक्का पाएका मजदुरले कुनै वास्ता नगरेको घटना विवरण पनि राखेका छन् । उनीहरूका अनुसार चराको दिसाका कारण यो ठाउँंमा गन्हाएको र त्यही कारण स्थानीयको अनुरोधमा स्कुलले रुख काट्न लगाएको हो ।

पदम माविका प्रधानाध्यापक राम हाडाले पुरानो रुख भएका कारण काटेको जानकारी गराए । ‘स्कुलले नै मजदुर लगाएर तीनवटा रुख काट्न लगाएका हौं,’ उनले भने, ‘पुरानो भइसकेको थियो । पछि फेरि दुर्घटना होला भनेर काट्न लगाएका हौं । रुखसँंगै विद्युतको नांगो तारको हाइटेनसन लाइन भएको, रुखले त्यसलाई छोएकोलगायतका कारण दुर्घटनाबाट बच्न रुख काटेको उनले सुनाए । ‘यसबारे वडालाई जानकारी गराएका छौं,’ उनले दाबी गरे ।

स्कुल भक्तपुर नगरपालिका-३ मा पर्दछ । यस वडाका वडाअध्यक्ष राजकृष्ण गोराले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । वडा अध्यक्ष गोराले भने, ‘यसबारे मलाई केही थाहा छैन, स्कुलमै सोध्नुहोला ।’

बचेरो चराहरू रहेकै बेला उनीहरू मर्ने गरी रुख काटेकोमा धेरैको आलोचना थियो । एक दुई महिनापछि काटेको भए ती बचेराहरू सबै उडेर जान सक्ने हुन्थे र उनीहरूको ज्यान जोगिन्थ्यो, पोष्ट भएको फेसबुकमा धेरैको प्रतिक्रिया थियो । मानिसको जस्तै अन्य जीवित प्राणीको रुपमा रहेका चराहरूको पनि अधिकार रहे पनि उनीहरूको अधिकारबारे मानिसले कति पनि नसोचेको भन्दै धेरैले दुःख पोखेका थिए ।

रुख भएको यो स्कुल घना बस्तीभित्र पर्दछ । साथै यो स्कुल भक्तपुर दरवार क्षेत्रभित्र पर्दछ । रुख भने स्कुलको पश्चिमतिरको इन्द्रेणी खौमा गेटमा रहेकाहरू काटिएका हुन् । घनावस्ती भएका कारण यहाँं चराचुरुंगी बस्ने अन्य कुनै रुखहरु छैनन् ।

भक्तपुरका पुराना परम्परागत घरहरुमा चराचुरंगी बस्नकै लागि घरका वालभित्र ठाउँंठाउँंमा प्वाल राखेका हुन्थे । तर, अहिले नयाँं बनेका कुनै पनि घरहरूमा भने त्यस्तो व्यवस्था देखिँदैन । त्यही कारण पनि बासस्थानको अभावमा सहरमा चराहरू देख्न दुर्लभ जस्तै भएको छ अहिले ।

यो पनि…
नारायणी नदीको स्वास्थ्य परीक्षण
सिमसारले फेर्छ जीवनकै काँचुली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested