सिमसारले फेर्छ जीवनकै काँचुली

सिमसारले मानिस र जीवजन्तुको जीवनशैली त सहज बनाउँछ नै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्छ


४० को दशकसम्म चितवनको टिकौली वनमा साइबेरियाबाट मौसम छल्न चराका हुल आउँथे । त्यहाँका ताल, तलैया अनि नदी र पोखरीमा डुबुल्की मार्थे । हराभरा जंगलमा चल्ला कोरल्ने ठेगाना खोज्थे । त्यहीँ चल्ला हुर्काउँथे । अनि, फेरि आफ्नै मूल वासस्थान साइबेरिया फर्कन्थे । तर, यो उहिलेको कुरा थियो । चितवनका जंगलभित्रको सिमसार क्षेत्र लोप हुँदै गएपछि जे नहुनुपर्ने थियो त्यही भयो । लामोसमय ती साइबेरियन चराले बाटो फेरे । सिमसार क्षेत्रको आफ्नो अस्तित्व नै संकटमा पर्न थालेपछि ती चराहरूले नेपाल आउने आँट गरेनन् । आऊन् पनि कसरी ? जबकि, चराका लागि प्रसूति गृह जस्तो बनेको हाम्रो सिमसार क्षेत्र नै नरहेपछि उनीहरूले अरू नै विकल्प खोजे होलान् ।

टिकौलीभन्दा मुनिका बस्तीका पानीका मुहान सुकिसकेका थिए । सुक्खापनका कारण खेतबारी प्रायः बाँझो देखिन्थे । जंगलकै आडमा भएर पनि पानीको सतह भेट्टाउन स्थानीयले २५ देखि ३० फिट गहिरो खाडल खन्नुपथ्र्यो ।

यो एकादेशको कुरा हो । किनकि, अहिले टिकौलीको तस्वीर बदलिएको छ ।

अहिले टिकौली वरपरको परिवेश फेरिएको छ । बाटो बिराएका ती साइबेरियन चराहरूले फेरि पनि टिकौलीलाई गन्तव्य बनाउन थालेका छन् । वन्यजन्तुले ढुक्कले प्यास मेटाउन पाएका छन् । वनजंगल हरियाली छन् । खेतबारी उर्वर देखिन्छन् । यति मात्र होइन पानीको सतह १० देखि १५ फिटमै भेटिन थालेको छ ।

चरा र वन्यजन्तुको मात्र के कुरा !
वनजंगल अनि खेतबारीको मात्र के कुरा !

कुरा मान्छेसँग पनि जोडिएको छ । त्यसबखतको टिकौलीवासी र अहिलेको टिकौलीवासीको जीवनशैलीमै रूपान्तरणका धर्साहरू देखिन थालेका छन् ।

आहा ! जिन्दगी !!
तर, जिज्ञासा त रहिरह्यो ।
यो परिवर्तन सम्भव भयो कसरी ?
टिकौलीमा को जादुगर आयो ? उसको जादूको रहस्य के हो ?

खासमा यो जादू होइन रहेछ, चेतनाको आँखीझ्याल खोलिएको मात्र रहेछ । त्यो चेतना थियो, सिमसारको निर्माण तथा संरक्षण ।

सिमसार क्षेत्र । पानीको मुहान र पानी जमेको दलदले क्षेत्र । हो, यही जैविक विविधताको दृष्टिले महत्वपूर्ण रहेको प्राकृतिक स्थलका रूपमा रहेका सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई आश्रय दिएको छ । साथै, मानव जातिको जीवनयापनको स्रोत पनि हो, सिमसार ।

त्यसैलाई मध्यनजर गर्दै टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले सिमसार क्षेत्रलाई जोगाउने अभियान शुरू गर्यो । जसमा डब्लूडब्लूएफ नेपाल लगायतका संस्थाले हैंसेमा होस्टे गरे । गाउँलेलाई सिमसार संरक्षणका लागि प्रोत्साहित गरे । परिणाम, हाल यो वनभित्र ८ वटा सिमसार क्षेत्र छन् । जसमा ९० करोड लिटरभन्दा बढी पानी सिञ्चित हुने समितिको अनुमान छ ।

पानी भण्डारण गर्दा घासे मैदानहरू हरियाली भए जसबाट उपभोक्ताले प्रत्यक्ष लाभ पाए, कतिपय स्थानीयले पाखा पखेरामा उम्रिएका निगुरो साग टिपेर बजारमा बेच्न पाए, यसले विशेषगरी एकल महिला, अशक्त, असहायहरूहरूको दैनिकीमा सहजता ल्यायो ।

अनि फेरियो जीवनशैली

यही सिञ्चित पानीकै कारण टिकौली जंगल हराभरा देखिन्छ । साथै, पानीका लागि आकुलव्याकुल भएर भौंतारिँदै हिँड्ने वन्यजन्तु तथा पशुपंछीका लागि ठूलो राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष ईश्वरीप्रसाद लामिछाने बताउँछन् । ‘पानी भण्डारण गर्दा घासे मैदानहरू हरियाली भए जसबाट उपभोक्ताले प्रत्यक्ष लाभ पाए,’ लामिछाने भन्दै थिए, ‘कतिपय स्थानीयले पाखा पखेरामा उम्रिएका निगुरो साग टिपेर बजारमा बेच्न पाए, यसले विशेषगरी एकल महिला, अशक्त, असहायहरूहरूको दैनिकीमा सहजता ल्यायो ।’

गरिखाने स्थानीयको तार उपभोक्ता समितिले सहकारीमा जोडिदिएको छ । ‘आज कमाएको पैसा आजै खर्च गर्नुपर्छ भन्ने मानसिकता भएका मानिसहरूमा बचतको भावना आएको छ,’ लामिछाने सिमसारले गराएको फाइदा बताउँदै थिए,‘ निगुरो बेचेको पैसा उनीहरूको बचत खातामा जम्मा हुँदा उनीहरूको आँखामा देखिने खुसीको के कुरा !’

धन्यवाद, सिमसार ! किनकि, यो सिमसारले ल्याएको सुख पो हो ।

सिमसार क्षेत्रको प्रवद्र्धन गरेसँगै त्यहाँका ताल तलैयामा चराचुरुङ्गी र जीवजन्तुको झुण्ड आउन थालेको लामिछाने पुष्टि गर्छन् । ‘पहिले सिमसार क्षेत्र नहुँदा यो क्षेत्रमा जीवजन्तु आउनै छोडेका थिए,’ उनी अब उत्सााही सुनिए, ‘पोखरी बनाएपछि अहिले विभिन्न झुण्डमा चरा र जनावरहरू फेरि आउन थालेका छन् त्यसमध्ये चखेवा चरा त दिनहुँजसो पोखरीमा देखिन्छन् ।’ उसो त चरा र वन्यजन्तु हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेको लामिछाने बताउँछन् । टिकट काटेरै पर्यटकहरू घुम्न जान्छन् । ‘आन्तरिक पर्यटकका लागि ५० र बाह्य पर्यटकका लागि २०० रूपियाँ टिकट शुल्क तोकेका छौँ,’ फुरुङ्ग पर्दै उनले सुनाए, ‘गतवर्ष उपभोक्ता समितिले पर्यटनबाटै एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्यो ।’

यति मात्र कहाँ हो र ! टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले ती सिमसार क्षेत्रमा माछापालनसमेत गरेको छ । यही सिमसारबाट पनि गतवर्ष एक करोड ५० लाख रुपैयाँ बराबरको माछा बिक्री गरेको लामिछाने बताउँछन् । माछाबाट आएको आम्दानीको केही भाग विपन्न परिवारका युवालाई सीपमूलक तालिममा खर्च गरिएको उनले सुनाए । ‘हामीले यही सिमसार क्षेत्रबाट उत्पादित माछाबाट गतवर्ष डेढ करोड रुपैयाँ आम्दानी गर्यौं,’ दङ्ग पर्दै उनले भने, ‘यो आम्दानीबाट विपन्न परिवारका युवालाई सीपमूलक (सवारी चालक तालिम, अध्ययन भ्रमण) लगायतका कार्यमा खर्च गरेका छौँ ।’

ताल तथा सिमसार क्षेत्रको संरक्षण गरेपछिको परिणामको अर्को उदाहरण हो, गोही, अजिङ्गर, बँदेल, बाघ, भालु, गैंडा, हात्ती, चित्तल लगायतका वन्यजन्तुसमेत बाहिर निस्कन थालेका छन् । अझ खुसी त त्यतिबेला हुन्छ जतिबेला जंगलका यी ‘हिरो’ हरूलाई पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने मौका पाउँछन् । उनीहरूको जीवनशैलीलाई नजिकबाट नियाल्ने अवसर पाउँछन् ।

हामीले धबाह सिमसार क्षेत्र संरक्षण ताल निर्माण कार्य शुरू गरेका छौँ, यो तालले यहाँका जनावरलाई पिउने पानीे उपलब्ध गराउनुका साथै तल्लो क्षेत्रमा रहेका बासिन्दाका लागि सिँचाइको राम्रो व्यवस्था हुनेछ । र, अत्यावश्यक परेको खण्डमा प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

टिकौली मात्र होइन, चितवन आसपासका थुप्रै वन जंगलमा सिमसार क्षेत्रले पुनर्जीवन पाउन थालेका छन् । आमनागरिकमा सिमसार क्षेत्रको संरक्षण तथा निर्माण गर्दा धेरै राहत मिल्छ भन्ने अनुभूति हुन थालिसकेको छ । त्यसैले, नवलपरासी नन्दन सामुदायिक वन उपभोक्ता समूह पनि सिमसार क्षेत्रको संरक्षणमा जुटेको छ । डब्लूडब्लूएफको आर्थिक र सहमति संस्थाको प्राविधिक सहयोगमा यहाँको सिमसार क्षेत्र निर्माण भइरहेको समूहकी सचिव कमला शर्मा बताउँछिन् । ‘हामीले धबाह सिमसार क्षेत्र संरक्षण ताल निर्माण कार्य शुरू गरेका छौँ,’ उनले सुनाइन्, ‘यो तालले यहाँका जनावरलाई पिउने पानीे उपलब्ध गराउनुका साथै तल्लो क्षेत्रमा रहेका बासिन्दाका लागि सिँचाइको राम्रो व्यवस्था हुनेछ । र, अत्यावश्यक परेको खण्डमा प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।’

यी त भए, सीमसार संरक्षण र निर्माणमा जुटेका केही उदाहरण ।

सिमसार : पर्यावरणीय कवच

तर, सिक्काको अर्को पाटो पनि छ । नेपालका अधिकांश सिमसार क्षेत्र हराउँदै छन् । सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मत–सम्भार नहुनु र मिचाहा प्रवृत्तिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल बताउँछन् । ‘जलवायु परिवर्तनको असरले पनि पोखरी सुक्दै गएका छन्,’ उनले भने, ‘यसैलाई मध्यनजर गर्दै हामीले स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम अघि सारेका छौँ ।’

सिमसारले वातावरण संरक्षण तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्छ, पर्यटनका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउँदै आएको छ ।

सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने डा. कँडेल बताउँछन् । ‘सिमसारले वातावरण संरक्षण तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्छ,’ डा. कँडेलको भनाइ थियो, ‘पर्यटनका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउँदै आएको छ ।’

६ सय २६ सिमसार

नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका थुप्रै सिमसार क्षेत्र छन् । नेसनल लेक कन्जरभेसन डेभलपमेन्ट कमिटी (राष्ट्रिय ताल संरक्षण विकास समिति) ले २०२१ फेब्रुअरीमा सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालमा समुद्री सतहदेखि तीन हजार मिटर सम्मको भूभागमा ६ सय २६ वटा सिमसार क्षेत्र रहेका छन् ।

हामीले फरक ठाउँमा फरक उद्देश्यले सिमसार संरक्षणमा सहयोग गरिरहेका छौँ, कतै वन्यजन्तुका लागि पानी उपलब्ध गराउन, कतै सिँचाइ सुविधा बढाउन, कतै पानीको स्रोत संरक्षण गर्न त कतै जैविक विविधता जोगाउन र बाढीको जोखिम कम गर्नका लागि यी सिमसारको संरक्षण तथा निर्माणमा लागेका छौँ ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । विभागको तथ्यांकअनुसार नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको महानिर्देशक डा. कँडेलले जानकारी दिए । त्यस्तै, दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

भू–सतहमा पानीको पुनर्भरण गराउने विभिन्न उद्देश्यले सिमसार संरक्षणमा सक्रिय भएको डब्लूडब्लूएफ नेपाल स्वच्छ जल कार्यक्रमका प्रमुख राजेश साँद बताउँछन् । ‘हामीले फरक ठाउँमा फरक उद्देश्यले सिमसार संरक्षणमा सहयोग गरिरहेका छौँ,’ उनी सिमसार संरक्षणको उद्देश्य भन्दै थिए, ‘ कतै वन्यजन्तुका लागि पानी उपलब्ध गराउन, कतै सिँचाइ सुविधा बढाउन, कतै पानीको स्रोत संरक्षण गर्न त कतै जैविक विविधता जोगाउन र बाढीको जोखिम कम गर्नका लागि यी सिमसारको संरक्षण तथा निर्माणमा लागेका छौँ । समग्रमा भन्नुपर्दा सम्पूर्ण सिमसारहरूबाट भू–सतहमा पानीको पुनर्भरण गर्नु नै हो ।’

सिमसार भनेको पानीको स्रोत हो, पानी पुनर्भरण गराउनका लागि पानीको स्रोतको संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । पुराना ताल तलैयाहरूलाई पुनर्जीवन दिन पनि सरकारको ध्यान जानुपर्छ ।

यो एउटा सुखद समाचार हो ।

अर्को सुखद समाचार सुनाए, साँदले । उनले सारमा बताउँदै भने, ‘डब्लूडब्लूएफ नेपालले चितवन, नवलपरासी, लुम्बिनी, दाङ, कैलाली, कञ्चनपुर लगायतका तराई भू–परिधि रहेका क्षेत्रमा सिमसार निर्माण तथा संरक्षणसम्बन्धी काम गरिरहेको छ ।’

सिमसार संरक्षणका लागि पछिल्लो समय स्थानीय तह तथा निकायहरू जुट्न थालेका छन् । तर, त्यतिले मात्र पर्याप्त नभएको डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङ बताउँछन् । ‘सिमसार भनेको पानीको स्रोत हो,’ उनले भने, ‘पानी पुनर्भरण गराउनका लागि पानीको स्रोतको संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।’

सरकारले पनि सिमसारको संरक्षणका साथै नयाँ–नयाँ सिमसार क्षेत्र बनाउनतर्फ अग्रसर हुनुपर्ने उनको सुझाव छ । ‘पुराना ताल तलैयाहरूलाई पुनर्जीवन दिन पनि सरकारको ध्यान जानुपर्छ,’ उनी आग्रह गर्दै थिए ।

पक्कै पनि पुराना ताल तलैयालाई नयाँ जीवन दिने हो भने समस्त जलचर, थलचर प्राणी मात्र होइन बोटबिरुवाले समेत बाँच्ने आधार पाउँछन् । स्थानीय बासिन्दा अनि पर्यटकका लागि त सिमसार वरदान नै हो ।

‘सुनको अण्डा दिने कुखुरा’ को संरक्षण गर्ने कि कुखुरा नै काट्ने ? भन्नेजस्तै सवाल हो, सिमसार जोगाउने र नयाँ सिमसार निर्माण गर्ने विषय ।

सिमसार जोगाउन चेतनाको शतबिज छर्ने कि सिमसार मास्ने, मिच्ने प्रवृत्तिलाई नै निरन्तरता दिने ? निर्णय हाम्रै थाप्लोमा छ ।

तस्वीर सौजन्य : डब्लूडब्लूएफ नेपाल

यो पनि…
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’
विश्व वनजंगल दिवस : हरियो वन प्राणीको धन



...
Britney

slot lounge aftershockcasino 459 free casino slots caesars free slots online 100% free empress of the deep games

...
Asa

skill slots app smt4a infinity slots best slots online play free slots online

...
Grainok

The objective here is to determine and compare the effectiveness of metformin and clomiphene citrate for improving fertility outcomes in women with PCOS and a BMI cialis online reviews Just thought I would share my experience

...
Donna

free slots vegas world games lucky slots on facebook slots machine free video poker slots

...
Bill

all free slots play now casino slot machines sale igt slots online slots real money

...
Luther

simslots free slots aol slots lounge games free 100 percent free slots winning slots on facebook home

...
Malissa

casino slot games that pay real money fun party casino casino for free real money online casino signup bonus

...
Chandra

safe online casinos real money real online games for cash best gambling website online real money casino

...
Alina

best vpn for crypto trading where can i buy a vpn safe free vpn whats the best vpn

...
Reagan

custom essay writing online mba essay editing services help starting an essay write my essay wikipedia

...
Nathaniel

professional college essay writers how to write my college essay who will write my essay best custom essay site

...
Johnie

help writing scholarship essays write my admission essay community service essay sample custom essay paper

...
Prealia

I urgently need a heavy armored knight buy cialis online overnight shipping Here High Blood Sugar fasting blood sugar 74 are seven easy ways to lower blood sugar levels naturally

...
Borunsurn

cialis generic name 2021 Nov; 22 5 761

...
abobife

buying generic cialis online safe There are few studies to investigate the epidemiology, pathophysiology and prognosis of AKI in PMN patients

...
Julieta

all free dating site free dating sites totally free dating site without registration best sites for online dating

...
डल्फिन : संरक्षणमा जुट्दै सारथी - Mero LifeStyle Mero LifeStyle

[…] यो पनि…बाघ संरक्षणमा नेपालको छलाङसिमसारले फेर्छ जीवनकै काँचुली […]

...
Zachary

mba essay writing service higher english critical essay help essay on helping poor people college essay helper

...
Darcy

good essay writing company personal essay help custom essay writing custom essay writers

...
affepsy

The link to the previous thread also has all the details on the diet changes and supplements I was taking cialis online purchase Lembrando tamb m que a atividade sexual pode ser desaconselhada em pacientes com doen as card acas en, assim como os exerc cios f sicos em geral

...
Elvira

%random_anchor_text% %random_anchor_text% %random_anchor_text% .

...
Shannon

need help to write an essay cheap essay writing service essay writing service discount helping writing essay

...
Rosita

need help writing essay i need help writing a compare and contrast essay legit essay writing services english literature essay help

...
Izetta

who can i pay to write my essay critical essay help essay writing service law school custom essay online

...
Gighese

d 2 hours prior to your arrival time, use the Fleets Enema most reliable site to buy clomid For example, you can try using an ovulation predictor kit, which measures your hormone levels and indicates when you re about to ovulate

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई