नारायणी नदीको स्वास्थ्य परीक्षण

बागमतीकोे नियति नारायणीले नभोगोस् !


नदीको सम्बन्ध मानव सभ्यता र प्राणी जगतको इतिहाससँग जोडिएको छ । तर, प्रदूषित बन्दै गएको नेपालका नदीनालाले मानव सभ्यतालाई गिज्याउन थालेका छन् । नदीको स्वच्छताप्रति सरकार र नागरिकको चेत बेलैमा नखुल्दा काठमाडौं उपत्यकाकै बागमती, विष्णुमती, हनुमन्ते लगायतका थुप्रै खोलाहरू मृत्युको मुखमा पुगे । जसलाई ब्युँताउन कैयौं अभियान चले । तर, यी नदीले पुनर्जीवन पाउन सकेका छैनन् । जसले जलचरहरूको बासस्थान र जैविक विविधतामा समेत ठूलो संकट सिर्जना गरेको छ ।

काठमाडौं उपत्यकाको मात्रै के कुरा, बाहिरका नदीनालाहरू पनि बागमती जस्तै बन्न उन्मुख छन् । त्यसैको उदाहरण हो– नारायणी नदी । हिन्दू धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल दामोदरकुण्ड र मुक्तिनाथबाट बग्दै आएको नारायणी चितवनबाट ओरालो लागेसँगै प्रदूषित बन्न थालेको छ । यसको प्रमुख कारक तत्त्व हो अव्यवस्थित सहरीकरण, औद्योगीकरण, कृषि बालीमा रासायनिक मल विषादीको प्रयोग, जलवायु परिवर्तन र मानवीय गतिविधि ।

राजेश साँद
प्रमुख, स्वच्छ जल कार्यक्रम, डब्लूडब्लूएफ नेपाल

औद्योगिक क्षेत्रका आसपासका भागमा धेरै प्रदूषण देखिएको छ, हामीले एक वर्षभित्र विभिन्न मौसममा गरिएको अध्ययनको विश्लेषण भइरहेको छ अब केही समयमै नतिजा सार्वजनिक गर्नेछौँ ।

नारायणीलाई बागमती जस्तै हुनबाट रोक्ने उद्देश्यले यसको स्वास्थ्य परीक्षण भएको छ । डब्लूडब्लूएफसँगको सहयोग र सहकार्यमा काठमाडौं विश्वविद्यालयले गरेको यो परीक्षणले नदीको गुणस्तर कुन अवस्थामा छ र यसले जलीय जैविक विविधतामा कस्तो प्रभाव पारेको भन्ने चित्र देखाउन सघाउ पुर्याउने डब्लूडब्लूएफ नेपालअन्तर्गत स्वच्छ जल कार्यक्रमका प्रमुख राजेश साँद बताउँछन् । ‘नारायणी नदीमा मानवमात्र नभई जलचरदेखि वन्यजन्तु, बोटबिरुवा मात्र होइन मानव समेत निर्भर भएकाले यसको स्वास्थ्य जाँच गर्नुपर्ने आवश्यकता देखिएको हो,’ साँद नारायणीको स्वास्थ्य जाँचको उद्देश्य भन्दै थिए, ‘यो अध्ययनले त्यहाँको जलीय जैविक विविधता र जीवजन्तुहरू परिरहेको समस्याबारे प्रष्ट पार्छ र नदीको स्वास्थ्य सुधार गर्ने उपायहरु पनि दिनेछ ।’

नदीको परीक्षण भनेको रगत जाँचद्वारा मानिसको स्वास्थ्य परीक्षण गरेजस्तै हो, नदीको पानी वातावरणको रगत हो । त्यसैले, नारायणीको पानीको स्वास्थ्य परीक्षण गरेका छौँ तर, नारायणी बिरामी छ ।

प्रा. डा. सुबोध शर्मा
रजिस्ट्रार, काठमाडौं विश्वविद्यालय तथा पानी विशेषज्ञ

यद्यपि, अध्ययनका क्रममा नारायणी नदीको केही भागका जलचर प्राणीले ठूलो संकटको सामना गरिरहेको अध्ययनमा संलग्न काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा पानी विशेषज्ञ प्रा. डा. सुबोध शर्मा बताउँछन् । ‘नदीको परीक्षण भनेको रगत जाँचद्वारा मानिसको स्वास्थ्य परीक्षण गरेजस्तै हो,’ उनले भने, ‘नदीको पानी वातावरणको रगत हो । त्यसैले, नारायणीको पानीको स्वास्थ्य परीक्षण गरेका छौँ तर, नारायणी बिरामी छ ।’

कसरी हुन्छ परीक्षण ?

पानीको नमुना परीक्षण गर्ने अनेकौँ विधि हुन्छन् । लामो समयसम्म विज्ञहरूले पानीको परीक्षण रासायनिक विधिबाट गरे । त्यो विधिले पानीमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम, नाइट्रेट, सल्फेट, फस्फोरस र उद्योगबाट निस्किएका तरल पदार्थमा हुने लेड, क्याडमियम, कपर जस्ता विषाक्त धातुहरूको मात्रालाई जाँच गरी पानीको गुणस्तर निर्धारण गथ्र्यो ।

कतिपय जीवहरू नदीमै बस्छन्, जसले नदीलाई निरन्तर निगरानी गर्छन्, ती जीवहरू नदीमा छन् कि छैनन् भनि अध्ययन गर्छौं यदि छन् भने तिनीहरूको जैविक विविधताबारे बुझ्छौँ ।

यद्यपि, प्रा.डा. शर्माको नेतृत्वमा भइरहेको अध्ययनले भने जैविक विविधतालाई केन्द्रमा राखेको छ । ‘कतिपय जीवहरू नदीमै बस्छन्, जसले नदीलाई निरन्तर निगरानी गर्छन्,’ नदीको स्वास्थ्य जाँचबारे उनी भन्दै थिए, ‘ती जीवहरू नदीमा छन् कि छैनन् भनि अध्ययन गर्छौं यदि छन् भने तिनीहरूको जैविक विविधताबारे बुझ्छौँ । जैविक विविधता बढी छ भने गुणस्तर राम्रो छ भन्ने बुझिन्छ, तर ह्रास हुँदै गएको पाइयो भने नदीको गुणस्तर पनि खस्कियो भन्ने निचोड निस्कन्छ ।’

नारायणीको स्वास्थ्य जाँचका लागि भिन्न–भिन्न स्थानबाट नमुना संकलन गरिएको छ । जसलाई चारवटा चरणमा छ्ट्याएर त्यसको अनुसन्धान भइरहेको स्वच्छ जल कार्यक्रमका प्रमुख साँद बताउँछन् । ‘औद्योगिक क्षेत्रका आसपासका भागमा धेरै प्रदूषण देखिएको छ,’ उनले भने, ‘हामीले एक वर्षभित्र विभिन्न मौसममा गरिएको अध्ययनको विश्लेषण भइरहेको छ अब केही समयमै नतिजा सार्वजनिक गर्नेछौँ ।’

नदी दोहन र फोहोरको डंगुरले जैविक विविधतामा ह्रास

जैविक विविधता नदीको तटीय अवस्थाले जनाउने प्रा.डा शर्मा बताउँछन् । नदीमा हुने ढुंगा, गिटी, बालुवाको अनुपातले विविधतालाई जोगाइराख्न सहयोग गर्छ । तर, अन्धाधुन्ध भइरहेको नदीजन्य पदार्थको उत्खनन जैविक विविधता संकटमा पार्ने प्रमुख कारक तत्त्व बनेको प्रा.डा. शर्माको ठम्याइ छ ।

वनजंगलमा जति पनि किरा फट्याङ्ग्रा हुन्छन् तिनीहरूको ८० प्रतिशत भ्रूण नदीको तटीय क्षेत्रमा बाँचेको हुन्छ । नदीको उत्खनन्ले गर्दा तिनीहरू मर्छन् जसले जैविक विविधतामा ह्रास ल्याउँछ ।

‘नदीबाट गिट्टी, बालुवा, ढुंगाको उत्खनन्ले जैविक विविधतामा ह्रास ल्याइरहेको छ,’ उनी निराश सुनिन्छन्, ‘वनजंगलमा जति पनि किरा फट्याङ्ग्रा हुन्छन् तिनीहरूको ८० प्रतिशत भ्रूण नदीको तटीय क्षेत्रमा बाँचेको हुन्छ । नदीको उत्खननले गर्दा तिनीहरू मर्छन् जसले जैविक विविधतामा ह्रास ल्याउँछ ।’

यसरी किरा फट्याङ्ग्राहरूको अस्तित्व लोप भएर जैविक विविधतामा ह्रास आउँदा यसको प्रत्यक्ष प्रभाव तरकारी तथा फलफूलको विविधतामा ह्रास आउने प्रा. डा. शर्मा बताउँछन् । ‘तरकारी फलफूलका बोटमा तिनै जीवले परागसेचन गर्छन्,’ उनी सचेत गराउँदै भन्छन्, ‘ती जीवहरू नै मरे भने परागसेचन हुन पाउँदैन, जसले तरकारी तथा फलफूलको विविधतामै ह्रास आउन थाल्छ ।’ त्यसैले, ढुंगा माटो गिटीको उत्खननको केन्द्र नदीलाई बनाउन नहुने विज्ञहरूको मत छ ।

तर, नारायणीमाथिको दोहन रोक्न भने कसैले सकेका छैनन् । एकातिर दोहन र अर्कोतिर फोहोरका डंगुरको बोझले नारायणी रोइरहेको छ । साथै, यहाँका जलचर प्राणीहरू प्रदूषित पानीका कारण आकुलब्याकुल भइरहेको स्वच्छ जल कार्यक्रमका सहायक प्रमुख करुण देवान बताउँछन् । ‘एकातिर नदीमा पानीको बहाव घट्दो छ त्यहीमाथि विभिन्न उद्योग कलकारखाना र निजी घरबाट निस्किएका ढलहरू सीधै नारायणीमा खसाल्दा यहाँका जलचर प्राणी ठूलो संकटमा छन्,’ उनी भन्दै थिए, ‘यही नदीको पानी पिएर बाँचेका वन्यजन्तु केही वर्षयता मरिरहेका छन् ।’

करुण देवान
सहायक, स्वच्छ जल कार्यक्रम, डब्लूडब्लूएफ नेपाल

निरन्तर दोहन र दूषित पानीका कारण नदीमा माछा पाउनै छोडिसक्यो जसको प्रत्यक्ष प्रभाव माझी समुदायको पुस्तौनी पेसामा पर्न थालेको छ ।

त्यसै कारण नदीको दूषित पानी पो हो कि भन्नेतिर कसैको ध्यान नगएको देवानको गुनासो छ ।

पानीको बहाब घट्नु र दूषित पदार्थको मात्रा दिनुहुँजसो बढ्नुले नारायणीमा रहेका घडियाल गोही, डल्फिन माछालगायतका जलचरको अस्तित्व संकट पर्ने देखिन्छ । साथै, माछा मारेर जीवन धान्दै आएका माझी समुदायमा समेत ठूलो असर परिरहेको देवान सुनाउँछन् । ‘निरन्तर दोहन र दूषित पानीका कारण नदीमा माछा पाउनै छोडिसक्यो जसको प्रत्यक्ष प्रभाव माझी समुदायको पुस्तौनी पेसामा पर्न थालेको छ,’ उनी नारायणी दोहनको असर कोट्याउँदै थिए, ‘अव्यस्थित रूपमा भइरहेको सहरीविकास र नदी दोहनले मानव, जलचर र वन्यजन्तुका बीचमा आन्तरिक द्वन्द्व शुरू भइसकेको छ ।’

बगुवानदेखि त्रिवेणीघाटसम्मको पानी केही स्वस्थ देखिएको छ, तर, उत्तरी क्षेत्रमा बढ्दो सहरीकरणले तल्लो तटीय क्षेत्रमा प्रदूषण बढेको छ ।

सहरी क्षेत्रमा अत्यधिक प्रदूषण

नारायणी नदीको प्रारम्भिक अनुसन्धानले सहरी आसपासका क्षेत्रमा बढी प्रदूषण भएको देखाएको छ । ‘बगुवानदेखि त्रिवेणीघाटसम्मको पानी केही स्वस्थ देखिएको छ,’ उनले भने, ‘तर, उत्तरी क्षेत्रमा बढ्दो सहरीकरणले तल्लो तटीय क्षेत्रमा प्रदूषण बढेको छ ।’

साथै, नदी किनारामा रहेको अव्यवस्थित घाटबाट निस्किएका फोहोर र जंगल सफारीमा आउनेहरूले पनि नदीलाई प्रदूषित गराइरहेको देवान सुनाउँछन् ।

राष्ट्रिय निकुञ्जको अस्तित्व संकटमा

नारायणीमा बढ्दो प्रदूषणले सँगैको चितवन राष्ट्रिय निकुञ्जको अस्तित्व संकटमा पर्ने देखिन्छ । यहाँ रहेका वन्यजन्तुहरू नारायणीकै पानीमा निर्भर छन् । ‘यही नदीको पानी पिएर वन्यजन्तुहरू अहिलेसम्म बाँचेका छन्,’ प्रा.डा. शर्मा प्रश्न गर्छन्, ‘नदी प्रदूषित बनाउँदै राष्ट्रिय निकुञ्जतर्फ पठाइदिने हो भने यहाँका वन्यजन्तु कति वर्षसम्म जीवित रहलान् ?’

नारायणीमा गोही छोडिरहेका छौं । तर, ती गोही कति बाँचेका छन् कति छैनन् भन्ने कुराको अध्ययन गरेका छैनौं, अनि छोड्नुअघि गोहीका लागि नदीको पानी अनुकूल छ कि छैन भनेर हेर्न पनि सकेका छैनौँ ।

त्यस्तै, अत्ति संकटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षणका लागि नारायणीमा वर्षेनि गोही छोडिन्छ । तर, त्यसलाई छोड्नुअघि नारायणीको पानी गोही अनुकूल छ कि छैन भन्ने बारे अध्ययन नगरिएकोमा उनको आपत्ति छ । ‘नारायणीमा गोही छोडिरहेका छौं । तर, ती गोही कति बाँचेका छन् कति छैनन् भन्ने कुराको अध्ययन गरेका छैनौं,’ उनले भने, ‘अनि छोड्नुअघि गोहीका लागि नदीको पानी अनुकूल छ कि छैन भनेर हेर्न पनि सकेका छैनौँ ।’

अनि, अर्को कुरा नेपालका मुख्य नदीहरू सबै उत्तरबाट दक्षिणतर्फ बग्ने गर्छन् । नेपालमा राष्ट्रिय निकुञ्जहरू पनि दक्षिणतर्फ नै रहेकाले ती निकुञ्जहरूमा आश्रित वन्यजन्तुहरू संकटमा पर्न थालेको प्रा.डा. शर्मा बताउँछन् । ‘वर्षेनि, यी राष्ट्रिय निकुञ्जहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरू आउने र राष्ट्रले पनि ठूलो आम्दानी गरिरहेकोमा वन्यजन्तु नै नरहने अवस्था आयो भने राष्ट्रले पर्यावरणका साथै आर्थिक रूपमा अतुलनीय नोक्सानी व्यहोर्ने देखिन्छ,’ उनी सरकारको ध्यानाकर्षण गराउँदै भन्छन्, ‘राज्यको निर्णायक तहमा रहने जोकोहीले यसतर्फ समयमै सचेत हुनुपर्ने देखिन्छ ।’

अरू मुलुकमा जस्तो एकपटक विनास भएपछि संरक्षण गर्न नसकिने भन्ने नेपालमा छैन, ३/४ महिनाको बाढीले फोहोर बगाएपछि नदी सफा गर्ने चेतको विकास भयो भने एकै वर्षमा नदीले पुनर्जीवन पाउँछ ।

नेपालमा सम्भव छ नदीनालाको संरक्षण

नेपालमा नदीनाला जति फोहोर भए पनि वर्षायाममा आउने बाढीले बगाइदिन्छ । तर, त्यसपछि आममानिसमा नदी संरक्षण गर्ने चेत खुल्यो भने पक्कै पनि नेपालका नदीहरू स्वच्छ हुने प्रा.डा. शर्मा बताउँछन् । ‘अरू मुलुकमा जस्तो एकपटक विनास भएपछि संरक्षण गर्न नसकिने भन्ने नेपालमा छैन,’ उनले भने, ‘३, ४ महिनाको बाढीले फोहोर बगाएपछि नदी सफा गर्ने चेतको विकास भयो भने एकै वर्षमा नदीले पुनर्जीवन पाउँछ ।’

प्राणीको अस्तित्वका लागि सबैभन्दा स्वच्छ पानी हुनुपर्ने हो तर, त्यही दुषित भइरहेको छ। यसका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारसँगै उद्योग–धन्दाहरूले पनि दिगो विकासको अवधारणामा आधारित रहेर फोहोरको व्यवस्थापन गर्ने हो भने नदीनालालाई जोगाउन सकिन्छ ।

डा. घनश्याम गुरुङ
राष्ट्रिय प्रतिनिधि, डब्लूडब्लूएफ नेपाल

नदीको व्यवस्थापन र संरक्षणका लागि संघ र प्रदेश सरकारले नीति तथा कानून बनाउनुपर्ने र स्थानीय तहहरूले ढल र फोहोरको व्यवस्थापनमा ध्यान दिनुपर्ने डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ बताउँछन् । ‘प्राणीजगतको अस्तित्वका लागि सबैभन्दा स्वच्छ पानी हुनुपर्ने हो तर, त्यही दुषित भइरहेको छ,’ डा. गुरुङ भन्छन्, ‘यसका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारसँगै उद्योग–धन्दाहरूले पनि दिगो विकासको अवधारणामा आधारित रहेर फोहोरको व्यवस्थापन गर्ने हो भने नदीनालालाई जोगाउन सकिन्छ ।’

यद्यपि, नदीनाला संरक्षणमा ध्यान नदिई निरन्तर दोहन र फाहोर फाल्ने डम्पिङ बनाइराख्ने हो भने नारायणीजस्ता थुप्रै नदीले बागमतीकै नियति नभोग्लान् भन्न सकिँदैन ।

तस्वीर सौजन्य : डब्लूडब्लूएफ नेपाल

यो पनि…
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’
सजगता अपनाए पृथ्वी, प्राणी र जैविक विविधताको संरक्षण



...
Angus

free casino games where to play slots luckyland slots cheat codes casino free slots

...
karpith

Many different medications use CYP as part of the process of being cleared from the body. doxycycline for sale Enterotoxemia in rabbits is an infection caused by bacteria that colonize the intestines.

...
nultTrott

nolvadex testosterone If you would like to reach me, email me at joy nourishedrootsacu.

...
Zoorrusly

Though, drums. clomid dose for twins The effect of some antidepressants on weight is relevant to this review because being overweight or obese is common in women with PCOS.

...
Outfity

I have chosen to keep it very honest and I ve just picked for a few reasons cialis buy online usa

...
titeffise

Features by professionals in the community - If you are a business owner or professional with experience on a topic that relates to Athens Parent departments or themes and is a relevant to Athens-Oconee Parent readers is there a generic cialis available

...
cemFlulse

priligy dapoxetine amazon They can stay longer if you have kidneys or liver problems

...
Crusami

Research does suggest that some supplements may help treat ED, such as can you buy cialis online You should also keep in mind that a powerful guy with endurance and physical supremacy is demonstrably more efficient in practice

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ । विवाह भएदेखिनै

गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा

दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने

तपाईँले यस्ता धेरै व्यक्तिहरू देख्नु भएको होला जसको हात वा खुट्टामा पाँच वटाको सट्टा ६ औँला छन् । तर, सबैमा

Suggested