English

समुद्री तटमा खिचिएका तस्बीर थाहा नदिई विज्ञापन बनाइएपछि…



स्पेन सरकारले अनुमति बिना आफ्नो तस्बीर प्रयोग गरेर कृत्रिम खुट्टा सम्पादन गरेपछि एक बेलायती मोडल क्रुद्ध बनेकी छिन् । तस्बीरलाई स्पेनको समानता मन्त्रालयले सुरु गरेको शारीरिक सकारात्मकता अभियानको हिस्साको रूपमा प्रयोग गरिएको थियो ।

तर, ३२ वर्षीया सियान ग्रीन–लर्डले आफूले अभियानबारे साथीहरूले सन्देश पठाएपछि मात्र थाहा पाएको बताइन् । आफ्नो तस्बिर अनुमतिबिना अभियानमा प्रयोग भएको भन्दै आपत्ति जनाउने उनी दोस्रो महिला हुन् ।

यसअघि शुक्रबार लन्डनकी न्योम निकोलस–विलियम्सले आफ्नो इन्स्टाग्राम पृष्ठको तस्बीर स्पेनिस इन्स्टिच्युट फर वुमनले जारी गरेको पोस्टरमा प्रयोग गरिएको बताएकी थिइन् ।

‘गर्मी हाम्रो पनि हो’ भन्ने नाराको मुनिको समुद्री तटमा स्तनको शल्यक्रिया गरिएकी एक जनासहित पाँच जना महिलाको दृष्टान्त अभियानमा प्रस्तुत गरिएको छ ।

ग्रीन–लर्ड तस्बीरको तल बायाँ देखिन्छिन् ।

आफ्नो कृत्रिम खुट्टा हटाउनका लागि फोटो सम्पादन गरिएको देखेपछि आफू रिसले आगो भएको उनले बताएकी छिन् । आफ्नो स्वीमस्वीट पनि परिवर्तन गरिएको उनको गुनासो छ ।

सन् २०१३ मा न्यूयोर्कमा छुट्टी मनाउने क्रममा ट्याक्सीले ठक्कर दिएपछि उनका खुट्टा काटिएको थियो । दुर्घटनाको समयमा उनी म्यानहटनमा एक साथीसँग हिँडिरहेकी थिइन् ।

यसैबीच, अनुमति बिना तस्बीर प्रयोग गरेकोमा अभियानका निर्माताले माफी मागेका छन् ।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested