English

सिन्धुली पुग्यो बृक्षारोपण महाअभियान



‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’ अन्तर्गत शनिवार सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिका वडा नं ६ खाल्टेमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चको दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियानका क्रममा ग्रीन ह्यान्ड्सको आयोजना र वार्मिङ हर्ट्स नेपालको समन्वयमा वीपी राजमार्गको मुलकोट नजिकै उक्त स्थानमा २०० वटा तेजपत्ता, कपुर र टांकीको बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको संयोजन स्थानीय काबलेटी वन उपभोक्ता समितिका अध्यक्ष दामोदर उप्रेतीले गरेका थिए । त्यसै गरी वार्मिङ हर्ट्स नेपालका तर्फबाट अनामिका अर्याल र सरोज भण्डारी, ग्रीन ह्यान्ड्सका तर्फबाट अर्पणा पोख्रेल लगायतले बिभिन्न प्रजातीका बिरुवाहरु रोपेका थिए । लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमका अनुसार गत जुन ०५ (जेठ २२) विश्व वातावरण दिवस यता मात्र मञ्चको संयोजन र नेपाली सेनाको सहकार्यमा काठमाडौंको चन्द्रागिरी, काभ्रेपलाञ्चोकको पनौती, रुपन्देहीको बुटवल र तिलोत्तमा, काठमाडौंको गोकर्णेश्वरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भइसकेको छ ।

अध्यक्ष गौतमका अनुसार बृक्षारोपण गरिएका स्थानहरुमा स्थानिय रोटरी क्लब, लायन्स क्लब, जेसिज, आमा समुह, स्थानीय क्लब, मन्दिर व्यवस्थापन समिती, टोल समिती, विभिन्न सामाजिक संघ–संस्थाहरुले संरक्षणको जिम्मा लिएका छन् ।

आगामी साउन २० देखी २५ गतेसम्म लुम्बिनी प्रदेशको नेपालगन्ज, लुम्बिनी, भैरहवा, पाल्पा लगायत स्थानहरुमा १५ सय बिरुवा रोप्ने कार्यक्रम रहेको र साउन २१ गते (अगस्ट ०६ तारिख) हिरोशिमा दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा हिरोशिमा नगरको अधिकारिक बृक्ष कपुर र भैरहवामा हिरोशिमा सिटीको अधिकारिक फुल कनेर (ओलियन्डर) को १०८ विरुवा लगाउने कार्यक्रम रहेको मञ्चका अध्यक्ष गौतमले बताए ।

मञ्चका महासचिव धिरेन्द्र पन्तका अनुसार बृक्षारोपणको आगामी कार्यक्रममा स्थानीय तह, बैंक तथा वित्तीय संस्था र विमा कम्पनीहरूसंग हातेमालो गरी बित्तिय साक्षरता तथा हरित अर्थतन्त्रका बिषयमा प्रशिक्षण गोष्ठी पनि संचालन हुनेछ ।

दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियानमा राइज मिडिया नेटवर्क मिडिया पार्टनर रहेको छ ।

यो पनि…
बुटवलमा ‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’
पनौतीमा वृक्षारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested