English

बुटवलमा ‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’



दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान अन्तरगत हिजो बुटवल उपमहानगरपालिका वडा नं ३ मिलनपथ संगैको पहिरो ग्रस्त क्षेत्रको वनमा रुख रोपेर बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

ज्योति नगरसंगै रहेको उक्त क्षेत्रमा गत बर्ष पहिरोको कारण १० वटा घरहरू पुरै पुरिएर नष्ट भएको थियो । त्यसैले त्यस क्षेत्रलाई बृक्षारोपणले सघाउन आयोजक संस्था लुम्बिनी विश्व शान्ति मंचले बुटवल उपमहानगरपालिका वडा नं ३ बमघाट नाग मन्दिर ब्यवस्थापन समिति, मानव अधिकारको लागी महिला एकल महिला समुह, भिमसेन नेवाः मैजु पुच, लायन्स क्लब अफ घासी नेपाल, मिलनपथ टोल सुधार समिति, चुरे सामुदायिक वन बुटवल उपमहानगरपालिका वडा नं ३, मिलनपथ–ज्योतिनगर पहिरो रोकथाम समुह, नेपाली सेना र विभिन्न संघ संस्थाहरूको सहयोग तथा बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम पिंकी श्रेष्ठको संयोजकत्व तथा अरूणा श्रेष्ठको सहकार्यमा सम्पन्न भएको थियो ।

उक्त बृक्षारोपण कार्यक्रम लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष बासु गौतमको सभापतित्व र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम को विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडा नं ३ का कार्यवाहक अध्यक्ष हरि नारायण मिश्रा, होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्र प्रकाश श्रेष्ठ, नेपाली सेना श्री गरूड दल गण रामनगर ब्यारेक बुटवलका गणपति रामकृष्ण श्रेष्ठ, रोटरी क्लब अफ बुटवल साउथका चार्टड प्रेसिडेन्ट प्रा. डा. रामचन्द्र आचार्य र रोटरी क्लबका डिष्ट्रिक्ट वातावरण को–चेयर ध्रुव प्रसाद धिताल थिए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने लुम्बिनी विश्व शान्ति मंचका महासचिब धिरेन्द्र पन्तले कार्यक्रम संचालन गरेका थिए । लुम्बिनी विश्व शान्ति मंचको साउन महिनामा बाग्मती र लुम्बिनी प्रदेशमा अरु पनि बृक्षारोपण कार्यक्रम रहेको आयोजक संस्थाले जानकारी गराएको छ ।

यो पनि…
लुम्बिनी प्रदेशको प्राथमिकतामा गौरवका आयोजना
पनौतीमा वृक्षारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested