English

पोखरीबाट निस्क्यो यो गाउँ



विश्वमा यस्ता धेरै रहस्यहरू छन्, जुन समय–समयमा बाहिर आइरहेका छन्, जसलाई देखेर मानिसहरू अचम्ममा पर्छन् । एउटा गाउँछ, जुन गाउँ धेरै दशक अघि पोखरीमा समेटिएको थियो। त्यसपछि यो गाउँ फेरि देखिन थालेपछि मानिसहरू छक्क परेका छन्। खानेपानीको समस्या समाधान गर्न हरेक देशमा जस्तै बेलायत सरकारले दशकौँअघि एउटा गाउँ भत्काएर पोखरी बनाएको थियो । ताकि धेरै ठुला सहरहरूमा पानी आपूर्ति गर्न सकियोस्।

पोखरी सुकेपछि गाउँ नै देखिन थाल्यो

बेलायतमा गर्मी बढेपछि पोखरीको पानी सुक्यो र हराएको यो गाउँ फेरि देखिन थाल्यो । त्यसपछि गाउँ हेर्न मानिसको भीड जम्मा भयो । यो घटना बेलायतको डर्बीशायरको हो । जहाँ यो पोखरी अवस्थित छ। सन् १९४० को दशकमा डर्बीशायरको डेरवेन्ट गाउँ पूरा गरेर पोखरी बनाइएको बताइएको छ । यस पोखरीबाट बेलायतको डर्बी, शेफिल्ड, नटिङ्घम र लेस्टर सहरहरूमा पानी आपूर्ति गरिन्छ।

सन् २०१८ मा पानीको सतह घटेको थियो

सन् २०१८ मा चर्को गर्मीपछि पोखरीको पानीको सतह निकै तल गएकाले गाउँका केही क्षेत्रहरू देखिन थालेका थिए । यो रमणीय दृश्य हेर्न टाढा टाढाबाट मानिसहरू यहाँ पुग्न थाले ।

एक रिपोर्ट अनुसार गाउँमा सुन्दर कुटीरहरूको बस्ती थियो। यस बस्तीमा ढुङ्गाको पुलमुनि डेरवेन्ट खोला बग्ने गर्दथ्यो । यो बस्तीमा सङ्गठित समुदायका मानिसहरू बसोबास गर्थे र यहाँ केही घर र एउटा विद्यालय थियो। यस गाउँमा एक चर्च थियो जुन १७५७ मा निर्माण गरिएको थियो। तर सुरुमा चर्च भत्काइएको थिएन।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested