English

दोस्रो विश्वयुद्धको समयमा डुबेको पनडुब्बी प्रशान्त महासागरमा फेला



दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि फेला पारेको हो । स्यामी बी भनेरसमेत चिनिने उक्त जहाजलाई जुन २३ मा टेक्सासका अन्बेषक भिक्टोर भेस्कोभोलेले पत्ता लगाएका हुन् । भेस्कोभोलेले विश्वको गहिरो बिन्दुहरूमा आफ्नो अभियान पूरा गरिसकेका छन् ।

उक्त पनडुब्बी फिलिपिन्स सागरमा ६ हजार ९८५ मिटरको गहिराईमा थियो । जहाज लगभग ८० वर्षपछि फेला परेको हो । यो युद्ध ताका सन् १९४४ को अक्टोबरमा फिलिपिन्स सागरमा खसेको थियो ।

यामाटोसहित तीन जापानी युद्धपोतविरुद्धको वीरतापूर्ण लडाइको लागि यो जहाजलाई सम्झिइन्छ । उक्त अमेरिकी जहाजमा चालक दलका २२४सदस्य थिए, जसमध्ये ८९ जनाको मृत्यु भएको थियो। क्याप्टेन रोबर्ट डब्ल्यू कोपल्यान्ड बाँचेका मध्ये एक थिए ।

यो पनि…
बाल्टिक सागरमा रहस्यमय विमान भेटिएपछि…
मानिसको जस्तै ओठ भएको एलियन जीव



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,