English

हिजोआज ब्वाइफ्रेण्डसँग कुरा हुँदैन



नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री हुन्– सुष्मा कार्की । मेरो एउटा साथी छ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी कार्कीले हालसम्म दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन् । लुट, बिन्दास, बिन्दास २, सकस, अदालत लगायतका चलचित्रमा अभिनय गरिसकेकी कार्कीसँग गरिएको गुडनाइट वार्ता:

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

६ बजे नै खाइसक्छु ।

बेलुका के खानुहुन्छ ?

हिजोआज फ्रुट सलाद खान थालेको छु ।

कति बजे सुत्नुहुन्छ ?

१० बजेभित्र सुतिसक्छु ।

ब्वाइफ्रेण्डसँग कतिबजेसम्म कुरा हुन्छ ?

ब्वाइफ्रेण्डसँग बेलुका कुरा गर्दिनँ ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

नुहाउँछु । फ्रेस हुन्छु ।

सिरानी कता पार्नुुहुन्छ ?

सिरानी दक्षिण पार्छु । तर, सिरक ओढ्दिन । सिरक ओढ्दा थिचे जस्तो हुन्छ ।

जाडो महिनामा पनि सिरक ओढ्नुहुन्न ?

ओढ्दिनँ । हिटरले बेड रुम तातो हुन्छ ।

के लगाएर सुत्नुहुन्छ ?

गाउन लगाउँछु ।

बेलुका रक्सी खाने बानी छ कि छैन ?

पहिला बेलुका खान्थें तर, अहिले खान छोडेको छु ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

एक गिलास दुध ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

किताब पढ्ने ।

सपना देख्नु कि देख्नुहुन्न ?

सपना एकदमै कम देख्छु । देखेको सपना पूरा भएको छ ।

निन्द्रा लागेन भने के गर्नुहुन्छ ?

कसैलाई कफी खाँदा निन्द्रा लाग्दैन भन्छन् तर, मलाई कफी खाएपछि मिठो निन्द्रा लाग्छ ।

यो पनि पढ्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested