English

गुड नाइट १

‘नाङ्गै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ’



नेपाली चलचित्र क्षेत्रका द्वन्द्व निर्देशक हुन्– राजेन्द्र खड्गी । ६ सय हाराहारी चलचित्र कुनैमा द्वन्द्व निर्देशक त कुनैमा खलनायकको भूमिकामा देखिएका खड्गीसँग मेरो लाइफस्टाइलले गरेको रमाइलो कुराकानीः

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

हिजोआज भोकै सुत्छु ।

कति बजे सुत्नु हुन्छ ?

८ बजेसम्म सुतिसक्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

चिसो पानीले खुट्टा धुन्छु । त्यसपछि ओछ्यानमा पल्टेर मोवाइल चलाउँछु ।

सिरानी कता पार्नुहुन्छ ?

पश्चिमतिर सिरानी पर्छ । तर, वास्तुशास्त्र अनुसार मिलाएको भने होइन ।

के लगाएर सुत्नुहुन्छ ?

मेरो नाङगै सुत्ने बानी छ । नाङ्गै सुत्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । त्यसैले, जाडो मौसममा पनि लुगा नलगाई सुत्छु ।

बेलुका रक्सी खाने बानी छ कि छैन ?

एक बिर्कोमै झ्याप हुन्छु । त्यसैले रक्सी कहिल्यै खाँदिनँ ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

पानी खान्छु ।

सुत्नुअघि नियमित गर्ने काम के हो ?

सेक्स गर्छु । सेक्स नगरी निन्द्रै लाग्दैन ।

सपना देख्नु हुन्छ कि देख्नुहुन्न ?

देख्छु । प्रायः आफ्नै कामको बारेमा सपना देखिरहेको हुन्छु । धेरैपटक सुटिङ गरिरहेको सपना देखेको छु । सपनामै लात्तीले हानेर घरका धेरै पंखा ध्वस्त भइसके ।

निन्द्रा लागेन भने के गर्नुहुन्छ ?

निन्द्रा नलाग्दा बुढीसँग कुरा गरेर बस्छु । मोवाइल चलाउँछु ।

राती अकस्मात निन्द्रा खुलेमा के गर्नुहुन्छ ?

कहिलेकहिँ नराम्रो सपना देखें भने झसंग ब्युँझिन्छु । नत्र हत्तपत्त ब्युँझिन्न ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested