English

गुड नाइट वार्ता–२

सपनामा प्रायः बुबाआमालाई देख्छु



चर्चित हास्यकलाकार हुन्– किरण केसी । ‘जिरे खुर्सानी’ बाट थप चर्चामा आएका केसी ‘राता मकै’ उपनामले चर्चामा छन् । सयौं टेलिशृङ्खला र दर्जनौं चलचित्रमा अभिनय गरिसकेका केसी मेरो लाइफस्टाइलको नियमित स्तम्भ ‘गुड नाइट वार्ता’ मा यसरी प्रस्तुत भएः

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

ढिलोमा ८ः३० बजेभित्र खाइसक्छु ।

बेलुका के खानुुहुन्छ ?

४/५ वर्ष अघिसम्म दाल, भात, तरकारी, मासु सबै खान्थे । तर, हिजोआज रोटी, दाल र अण्डा खान्छु ।

कति बजे सुत्नु हुन्छ ?

१०ः३० बजेभित्र सुतिसक्छु । गुड नाइट भनेको ५ मिनेटमा निदाउँछु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

श्रीमतीसँग रमाइलो कुराकानी गर्छु । तर, त्यो कुराकानी यहाँ भन्न मिल्दैन ।

सिरानी कता पार्नुुहुन्छ ?

दक्षिणतिर सिरानी छ ।

कता सुत्नुुहुन्छ ?

भित्तातिर सुत्छु ।

के लगाएर सुत्नुहुन्छ ?

गन्जी र कट्टुमात्र लगाउँछु ।

बेलुका रक्सी खाने बानी छ कि छैन ?

छैन ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

काजु, दुध र बेसार खान्छु ।

सुत्नुअघि नियमित गर्ने काम के हो ?

ट्वाइलेट गएर पिसाब फेर्ने अनि दिउँसो लगाएको कपडा खोल्ने ।

सपना देख्नु कि देख्नुहुन्न ?

धेरै देख्छु । प्रायः आमाबुबालाई सपनामा देख्छु ।

निद्रा लागेन भने के गर्नुहुन्छ ?

निद्रा नलागे घोप्टो पर्छु । निदाउने प्रयास गर्छु ।

राती अकस्मात निद्रा खुलेमा के गर्नुहुन्छ ?

मनमा कुरा खेलाउँछु ।

राती उठ्ने बानी छ कि छैन ?

एकपटक पिसाब गर्न उठ्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested