English

गर्मीमा जिन्सको फेसन



युवा पुस्तामाझ जिन्स लोकप्रिय छ । अन्य कपडाको दाँजोमा जिन्सका कपडा धुन झन्झटिलो हुन्छ । तर, यसमा आइरन लगाइरहनुपर्ने झन्झट हुँदैन ।

जिन्सको कपडा हतपती फाट्दैन पनि । सामान्यतया जिन्स कटनको हुन्छ । भित्रपट्टि लायक्रा भएकाले स्ट्रेचेबल हुन्छ । यसलाई ‘डेनिम’ पनि भनिन्छ । जिन्सका प्यान्ट मात्रै नभई सर्ट, ज्याकेट, ब्याग, क्याप, स्कर्ट, सट्र्स, वान पिसलगायत बन्ने गरेका छन् । कालो र नीलो रङमा जिन्सको कपडा बढी रुचाइएको छ ।

–गर्मीमा स्किनी जिन्स प्यान्ट अथवा स्ट्रेचेबल प्यान्ट लगाउँदा ठिक हुन्छ ।

–दुब्लो मानिसलाई स्किनी जिन्स सुहाउँछ ।

–साथीभाइसँग घुम्न जाँदा हलुका रङको जिन्स लगाउनुपर्छ ।

–अफिसका लागि गाढा रङको जिन्स लगाउँदा राम्रो देखिन्छ ।

–जिन्सले मानिसलाई उसको उमेरभन्दा कम देखाउन मद्दत गर्छ ।

–स्टाइलिस देखिन गर्मीमा ग्रन्ज प्यान्ट लगाउन सकिन्छ ।

–महिलाहरूले गर्मीमा फरक लुक पाउन फिटिङ टिसर्ट, वानपिस, टप्स, सर्टमा जिन्सको लगाउन सक्छन् ।

–पुरुषलाई सर्ट वा टिसर्टमा जिन्स सुहाउँछ ।

–महिलाले हाई हिल भएका जुत्ता, फ्ल्याट चप्पल, स्पोर्टस् सुजसँग फिटिङ जिन्समा लगाउन सक्छन् ।

–स्पोर्टी लुक पाउन पुरुषले जिन्समा कन्भर्स, स्पोट्र्स सुज लगाउन सक्छन् ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
गर्मीमा लगाउनुहोस् यस्ता कपडा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको