क्याफेमा साकेला



खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो । क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेको भिड उत्तिकै थिए । यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेको छ ।

साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली आयोजना गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘गाउँघरमा नाचिने यो नाचनै हराउने चिन्ता भो । शहरमा आएर सबैले बिर्सेलान् भनेर सुरु गरेको हो ।’

पहिले साकेला नाच्नेहरु थोरै हुन्थे, त्यसबेला क्याफेमा भिड हुँदैनथ्यो । अहिले भिडले बस्ने ठाउँ हुँदैन ।

राईले साकेला भिलेजमा १० वर्षदेखि साकेला नाच आयोजना गर्दै आएका छन् । ‘पहिले साकेला नाच्नेहरु थोरै हुन्थे, त्यसबेला क्याफेमा भिड हुँदैनथ्यो । अहिले भिडले बस्ने ठाउँ हुँदैन,’ उनले भने । उनका अनुसार उभौली र उधौलीमा क्याफेमा व्यापार पनि धेरै हुन्छ । तर, व्यापारका लागि नगरेको साथीभाईसँगै रमाइलो गर्दै कला र सँस्कृति जोगाउन साकेला नाच सुरु गरेको हो ।

उभौली नचाउने मुखिया कुमार राई नवीन ०४७ सालदेखि काठमाडौंमा साकेला नाच्न सुरु गरेको बताउँछन् । उनका अनुसार ललितपुरको सानो हात्तीवनमा भूमिपूजा गरेपछि वैशाख पूर्णिमामा उधौली सुरु हुन्छ ।

हामीले सुरु गरेको साकेला नाच अहिले शहरको कुना कुना पुगेको छ । हामी भूमिको पूजा गर्छौ ।

०४७ सालतिर ललितपुरको हात्तीवन र नखिपोट र काठमाडौंको शन्तिनगरबाट सुरु भएको साकेला नाच आजकल शहरको कुना कुनामा पुगेको छ । राई भन्छन्, ‘हामीले सुरु गरेको साकेला नाच अहिले शहरको कुना कुना पुगेको छ । हामी भूमिको पूजा गर्छौ ।’ साकेला नाच्नेमा वृद्धवृद्धभन्दा तन्नेरीहररू ज्यादा थिए । डम्फु बचाएर कम्मर कर्माउँदै नाच्ने युवायुवतीहरू किरात भेषभुसामा सझिएका थिए । महिलाहररु नाक, कान, कपाल र गला पहेँलोनै हुने गरेर गहना लगाएका थिए ।

फेरिन थाले गरगहना

साकेलामा लगाइने गरगहना फेरिन थालेको पुजारी कुमार राई बताउँछन् । उनका अनुसार पहिले सक्कली गर हगना लगाइन्थ्यो । नाक, कान, घाँटी, कपाल र गलामा छपप्कै छोपिनेगरि सुनका गहना लागइन्यो ।

तर, पछिल्लो समय युवा पुस्ताले परम्परागत भेषभुसालाई अंगाल्ने गरे पनि गहना भने नक्कली लगाउने गरेका छन् । राई भन्छन्, ‘महँगीको जमाना आयो । किन्न गाह्रो छ । त्यसैले नक्कली नै चलन चल्तीमा आएको छ ।’

यो पनि…
साकेला उँधौली सुरु
रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा

तीन वर्ष अघि प्रशारण आएको नेपाली चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ बन्ने भएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार

सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा

अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।

Suggested