English

रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी



जनकपुर उपमहानगरपालिका–१६ बस्ने रुकसना आजमीको दैनिकी हिजोआज फेरिएको छ । प्रायः बिहान ६ बजे उठ्ने उनी रमजान महिना शुरु भएदेखि २ बजे नै उठ्ने गरेकी छन् ।

२७ वर्षीया अजामी एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहानको खाना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा शुरु गर्छिन् ।

जनकपुरधाम–५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ । रोजा बस्न औधि मनपराउने रहेनाका श्रीमान् जाकिर खानले भने बिरामी भएकाले यस वर्ष एउटा पनि रोजा गर्न सकेनन् ।

उहाँलाई सधैँ औषधि खानुपर्छ, डाक्टरले एकदिन पनि औषधि नछाड्न भनेका छन्, जिउ नै सञ्चो नभएपछि रोजा बस्ने कुरै भएन ।

‘उहाँलाई सधैँ औषधि खानुपर्छ, डाक्टरले एकदिन पनि औषधि नछाड्न भनेका छन्,’ रेहनाले भनिन्, ‘जिउ नै सञ्चो नभएपछि रोजा बस्ने कुरै भएन ।’ बिरामी अवस्थामा रोजा गर्नु अनिवार्य छैन । बिहान २ बजे नै उठ्ने रेहना आफ्ना घरमा बस्ने डेरावालसहित छरछिमेकीलाई सेहरी खाना जगाउने गर्छिन् । छिमेकमै सबैभन्दा पहिले रेहना उठ्ने गरेकी छन् । त्यसैले, सबैले उनलाई ‘नमाजीवुआ’भनेर बोलाउँछन् ।

बुहारी समिमाले खाना पकाइरहेका बेला रेहना तस्वीह (धार्मिक माला) जप्दै मन्त्रहररू पढ्छिन् । बिहानै सेहरी खाएर रोजा शुरु गर्ने गरेको उनले सुनाइन् । रोजा शुरु हुनुअघि खाइने खानेकुरालाई सेहरी भन्निछ । सेहरी खाइसकेपछि नजिकका मस्जिदबाट अजान सुनेपछि वजु (शरीरको सफासुग्घर)गरी फ्रजको नमाज (बिहानको प्रार्थना) पढ्दासम्म उज्जयालो भइसकेको हुन्छ । बिहान हुँदा उनी कुरान (इस्लामको धार्मिक ग्रन्थ) पाठ गर्छिन् ।

दिनभरि पानी पनि नखाई घरमै पाठ गरेको देखेर गैरमुस्लिम छिमेकीहरू आश्चर्य मान्छन् । रोजाका वेला सूर्यास्त नभएसम्म केही खानेकुरा खानु हुँदैन ।

दैनिक पाँचपटक नमाज पढ्ने रेहनाले भनिन्, ‘दिनभरि पानी पनि नखाई घरमै पाठ गरेको देखेर गैरमुस्लिम छिमेकीहरू आश्चर्य मान्छन् । रोजाका वेला सूर्यास्त नभएसम्म केही खानेकुरा खानु हुँदैन ।’

सूर्यास्त भएपछि रोजा अन्त्य गरिन्छ । इस्लामिक धर्मगुरुका अनुसार सामूहिक रूपमा रोजा खोल्दा धार्मिक हिसाबले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेन्डरकोे नवौ‌ महिना हो । मुस्लिम समुदायमा ‘रमजान’ का लागि विशेष महत्व राख्छ । अन्य महिनाभन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ ।

संसारको आवश्यताअनुसार अल्लाहले एक–एक पराको रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरआनले पूर्णता पाएको थियो । यो महिनाभरि नै जनत (स्वर्ग) का सातवटै ढोका खुल्ला रहन्छ भने जहनम (नर्क) का सबै ढोका बन्द रहन्छ।

रमजानकै २७ तारिखका दिन इस्लाम धर्मावलम्वीहरूको सबैभन्दा ठूलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवितरित_ भएकाले मौलना इजराइल रिजवीले बताए । उनले भने, ‘संसारको आवश्यताअनुसार अल्लाहले एक–एक पराको रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरआनले पूर्णता पाएको थियो । यो महिनाभरि नै जनत (स्वर्ग) का सातवटै ढोका खुल्ला रहन्छ भने जहनम (नर्क) का सबै ढोका बन्द रहन्छ।’

यो पनि…
हर्षोल्लासका साथ मनाइयो सुथ : सिया जात्रा
भक्तपुरको बिस्केट जात्रामा बबाल




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली