English

साकेला उँधौली सुरु



प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको महान् चाड साकेला उँधौली आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ ।

वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरिन्छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राई बताउँछन् ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा मझुवा गढीमा भेला भएर किराँती पुर्खा/धामीहरूले आज प्रकृतिको पूजा आराधना गरी पर्वको सुरुवात गरेको किराँत राई यायोख्खा खोटाङ शाखाले जनाएको छ । किराँत ऐतिहासिक स्थल मझुवा गढीमा पूजाआजा गरेर औपचारिक रूपमा सुरु गरिने उँधौलीका अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत गरिने भएको छ ।

वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरिन्छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राई बताउँछन् ।

साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थल तुवाचुङ–हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको रुपाकोट, मझुवा गढी र मेरुङ, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला स्थानमा साकेला सिली नाच्ने चलन छ ।

उँधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नाका साथै साकेला स्थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ । छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरा सुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेशभूषामा सजिएर हरेक किराँत राईको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैर किराँत समुदायका युवायुवतीसमेत सहभागी हुने गरेका छन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिन्छ । हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवा गढीबाट विधिवत् रूपमा सुरु गरिने साकेला उँधौलीको अवसरमा आफन्तजन तथा इष्टमित्रबीच शुभकामना आदानप्रदान गरिन्छ । बालकदेखि वृद्धसम्म एउटै लहरमा बसेर सामूहिक रूपमा नाचिने साकेला सिलीले दर्शकलाई समेत भरपुर मनोरञ्जन दिने गर्दछ ।

उँधौली तथा उभौलीको अवसरमा किराँत राईले मात्र नभई सबै जातजाति तथा अन्य धर्मका समुदायलेसमेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रूपमा विकास भएको किराँत राई यायोख्खा खोटाङ शाखाका सचिव युगशस किराँतले बताए ।

उँधौली तथा उभौलीको अवसरमा किराँत राईले मात्र नभई सबै जातजाति तथा अन्य धर्मका समुदायलेसमेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रूपमा विकास भएको किराँत राई यायोख्खा खोटाङ शाखाका सचिव युगशस किराँतले बताए । “यस पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ”, उनले भने, “साकेला पर्वमा विशेष गरी प्रकृति र पितृको पूजा गरी आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।”

साकेला उँधौली पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा धूमधामका साथ मनाउने गरिएको छ । साकेला उँधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मनाउने गरेका छन् ।

अन्नबाली लगाउने समय अर्थात् वैशाख पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिर पूर्णिमादेखि उँधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःख सुखका कुरा गर्ने चाडका रूपमा पनि लिइन्छ ।

यो पनि पढ्नुहोस् ।
ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक
साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,