English

सुन्दर छालाको लागि घरेलु फेस मास्क



बढ्दो उमेरको प्रभाव छालामा स्पष्ट आउन थाल्छ । योबाट बच्नका लागि मानिसहरू धेरै प्रयास गर्छन् । पार्लरमा पैसा खर्च गर्छन्, बजारमा पाइने महँगा क्रिमहरूको पनि प्रयोग गर्छन्, विभिन्न उपचारको सहारा लिन्छन् । तर आज हामी तपाई बढ्दो उमेरको प्रभावबाट बच्नका लागि केही घरेलु ब्युटी टिप्स दिँदै छौँ ।

चौलानीको फेस मास्क

चामलको पानीमा प्रोटिन, भिटामिन र एंटी अक्सिडेन्ट पाइन्छ । यसको प्रयोग छालाको लागि निकै लाभदायक हुन्छ । यसको मास्कले छाला टाइट गर्न मद्दत गर्छ ।

यसका लागि तपाई एक गिलास चामलको पानीमा एउटा पेपर टावेल १० मिनेटको लागि भिजाउनुहोस् । त्यसपछि त्यो टावेललाई निकालेर आफ्नो अनुहारमा १५ देखि ३० मिनेटसम्मका लागि लगाउनुहोस् । यसपछि त्यसलाई हटाएर सफा पानीले आफ्नो अनुहार धुनुहोस् । तपाई यसको प्रयोग दैनिक गर्न सक्नुहुन्छ ।

केरा

केराको फेस मास्कले पनि छालालाई नरम र चम्किलो बनाउन सहयोग गर्छ । यसका लागि एउटा केरा र एक चम्ची गुलाब जल मिसाएर पेस्ट तयार गर्नुपर्ने हुन्छ ।

बेसार

बेसारको फेस मास्क पनि निकै लाभदायक हुन्छ । यसले छालाको रङ्गलाई सुधार्छ । मृत कोशिकालाई हटाएर चम्किलो निखार दिन्छ । यसका लागि एक चम्ची कस्तुरी बेसार र तीन चम्ची गुलाब जल मिसाउनुपर्छ ।

त्यसलाई मिसाएर गाढा पेस्ट तयार गर्नुहोस् र अनुहारमा लगाएर २० मिनेट पछि राखेर चिसो सफा पानीले पखाल्नुहोस् । त्यसपछि फरक आफै अनुभूति गर्नुहुनेछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested