English

नमुनाको मास्क फेसन सो (फोटो फिचर)



नमुना कलेज अफ फेसन टेक्नोलोजीमा स्नातक अध्ययनरत डिजाइनरहरूले आफ्नो सृजनशीलतालाई पहिरनमा प्रस्तुत गरे ।

यस पटक प्रस्तुत गरिएको ग्र्याजुएसन फेसन सोमा नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्य, धैर्यता, निर्भीकता, निडरता, विनम्रता लगायतलाई प्रस्तुत गरियो । नारी जीवन र व्यक्तित्वका बहु आयामिक गौरवशाली पक्षहरूलाई ‘अस्तित्व’ शीर्षक अन्तर्गत आठ वटा विभिन्न सिक्वेन्समार्फत विभिन्न स्वरूप, डिजाइन र शैली प्रस्तुत गरिएको थियो ।

७९ वटा पहिरनहरूमा चाहे त्यो फ्याब्रिकको छनौट होस् वा रङ्गको सम्मिश्रण, डिजाइन र शैलीको विविधता होस् हरेक पहिरनले नारी व्यक्तित्वलाई आकर्षक ढङ्गबाट प्रस्तुत गरेको देख्न पाइयो ।

चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टको अन्तिम परीक्षा अन्तर्गतको उक्त फेसन शोको अर्को महत्त्वपूर्ण पाटो मास्कको फेसन पनि रह्यो ।

हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरू मञ्चमा उत्रिदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रूपमा सम्बोधन गर्न खोजिएको थियो । यो बाहेक फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरूपमा सजाइएको पुतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता छाएको थियो ।

नमुना कलेज अफ फेसन टेक्नोलोजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरू रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त फेसनमय यात्रा कार्यक्रमका कोरियोग्राफर रोजिन शाक्यको रनवे हिँडाइ पछि बिट मारेको थियो । उक्त फेसन कार्यक्रममा २० जना युवती मोडलहरूले प्रस्तुति दिएका थिए । जस अन्तर्गत आधा प्रतिशत व्यावसायिक मोडलहरू थिए भने आधा प्रतिशत नमुना कलेजमै विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थी डिजाइनरहरू थिए ।

तस्विरहरूः महेश प्रधान



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested