English

सुन्दर हुने घरेलु उपाय



हाम्रो किचनमा दैनिक प्रयोग हुने यस्ता चिजहरू छन् जसको प्रयोगले अनुहारमा निखारता ल्याउनमा मद्दत गर्दछ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त यसको प्रयोगले नकारात्मक असर हुने सम्भावना धेरै कम हुन्छ । हामी घरायसी सामग्रीको प्रयोगबाट गोरोपन निखारता र सफाइ पाउन सकिन्छ ।

बदामको तेल

गर्मी मौसमा धेरै मानिसको छालामा रुखोपना देखिन्छ । यस्तो अवस्थामा बदामको तेल प्रयोग गर्नु राम्रो हुन्छ । रातमा सुत्नुभन्दा पहिले बदामको तेल लगाएर सुत्ने गर्नाले बदामको तेलबाट दाग धब्बा हटाउन मद्दत गर्दछ र छालालाई नरम बनाउँदछ ।

कागती र गुलाबको जल

गर्मी महिनामा ओठमा समस्या देखिने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसको लागि कागतीको रस, ग्लिसरिन र गुलाब जल मिसाएर मिश्रण तयार गर्ने हरेक बेलुका सुत्ने बेलामा मिश्रण लगाउने गर्नाले ओठ नरम र गुलाबी हुन्छ ।

काँक्रो

यदि, आँखाको मुनि कालो घेरा (डार्क सर्कल) आएको छ भने उक्त कालो घेरालाई हटाउनको लागि काँक्रो सबैभन्दा राम्रो मानिन्छ । काँक्रोलाई पातलो टुक्रा पारेर आँखामा राख्ने यसले आँखालाई ठण्डा बनाउँछ र कालो घेरा हटाउन मदत गर्दछ ।

मह

कहिलेकाहीँ छालाहरू मरेको हुन सक्छ जसले अनुहारको चमकतामा कमी ल्याउँछ । यस्तो अवस्थामा मह कागती र चिनीको मिश्रण बनाएर अनुहारमा लगाउनाले छाला सफा हुन्छ र नियमित प्रयोगले छालामा निखारता पनि आउँछ ।

दूध

अनुहारको चमकता हराएको छ भने घरमा नै पाइने दूध र मह मिलाएर अनुहारमा लगाउने र सुकेपछि सफा गर्ने । यसरी हप्ताको दुईपटक यसको प्रयोग गर्नाले अनुहारमा चमकता आउँछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स







Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको