English

यसरी सजाउनुहोस् आफ्नो भान्सा कोठालाई



भान्सा घरको एक सुन्दर कुना हो जहाँ मानिसहरूले अधिकांश समय बिताउँछन् । भान्साकोठा सजाउनका लागि कोठालाई मर्मत गरिरहनु आवश्यक पर्दैन । केही सामान्य कुराहरूलाई ध्यान दिए आफ्नो भान्सा कोठालाई आकर्षक तरिकाले सजाउन सकिन्छ ।

भान्साकोठाका भित्ताहरूलाई सजाउनुहोस्

भान्सालाई सुन्दर लुक्स दिन भित्तामा निलो, पहेलो, सुन्तलाजस्ता चम्किलो रंगको प्रयोग गर्न सक्नुहुन्छ । रंगको छनोट गर्दा छत र भुइँको रंगलाई ध्यान दिनुहोस् । यदि, तपाईं भान्साको सजावटलाई फरक लुक्स दिन चाहनुहुन्छ भने बोल्ड रंङ छनोट गर्नुहोस् ।

सामानले भान्साकोठाको सौन्दर्य बढाउनुहोस्

आजकल बजारमा विभिन्न प्रकारका स्टाइलिस र ट्रेन्डका सामानहरू उपलब्ध छन् । जुन तपाईको भान्साको सजावट र बजेटअनुसार छनोट गर्न सक्नुहुन्छ ।

मिनी किचेन गार्डेन बनाउनुहोस्

भान्सामा कतै खाली ठाउँ छ भने त्यो ठाउँलाई सदुपयोग गरी एउटा मिनी किचन गार्डेन बनाउनुहोस् । जसमा पुदिना, हरियो धनियाँ, तुलसी र साना साना जडीबुटीका बिरुवाहरू रोप्न सक्नुहुन्छ । यसले भान्सा कोठालाई सुन्दर बनाउन मद्दत गर्छ ।

डाइनिंग टेबल राख्नुहोस्

डाइनिंग टेबल घरको मुख्य केन्द्र हो । जहाँ घरका सबै सदस्यहरू मिलेर खाना खाँदै एक–अर्कासँग कुराकानी गरेर समय बिताउँछन् । त्यसैले, ठाउँअनुसार भान्साकोठालाई डाइनिंग टेबलले सजाउनुहोस् ।

मिनी फुडस्टोर बनाउनुहोस्

हाम्रो भान्साकोठा खानाको भण्डारविना अपूरो हुन्छ । तसर्थ, आफ्नो भान्सा कोठामा एउटा सानो स्टोर रुम बनाउनुहोस् । जहाँ खाना पकाउने सबै आवश्यक वस्तुहरू (नुन, तेल, मसला, अन्न आदि) लाई व्यवस्थित तरिकाले राख्नुहोस् ।

रंगीन भाँडाहरूले सजाउनुहोस्

हाम्रो घरमा प्रायः पुरानो भाँडाहरू हुन्छ । जसले गर्दा किचनमा त्यति राम्रो देखिँदैन । तसर्थ, नयाँ र रंगीन थाल, प्लेट, कप आदिहरू राख्नुहोस् ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested