English

‘केजीएफ ३’ मार्भल युनिभर्सजस्तै बन्ने



नेपाल र भारतसहित विश्व बक्सअफिसमा ‘केजीएफ’को दोस्रो श्रृंखलाले आँधी ल्यायो । दक्षिण भारतीय कन्नड भाषी फिल्मले नेपाली बक्सअफिसमा अहिलेसम्म २० करोडभन्दा बढी ग्रस कमाइ गरेको जनाइएको छ ।

१००० करोड कमाउने पहिलो भारतीय फिल्म मात्र हैन, नेपाली बक्सअफिसमा समेत यसले थुप्रै कीर्तिमान कायम गरेको छ । दर्शकमाझ फिल्मको तेस्रो च्याप्टरलाई लिएर प्रतिक्षा छ ।

यश स्टारर फिल्मको तेस्रो सिक्वेल छायांकन आगामी अक्टोबर पछाडि सुरु हुने र सन् २०२४ मा रिलिज हुने निर्माताले जनाएका छन् । निर्माताले हलिउडका मार्भल सिनेम्याटिक युनिभर्सकै शैलीमा फिल्म निर्माण हुने समेत जनाएका छन् ।

हामी मार्भल सिनेम्याटिक युनिभर्सजस्तै शैलीमा फिल्म बनाउन चाहन्छौं । हामी अलग फिल्ममा अलग पात्रहरु ल्याउन चाहन्छौं । स्पाइडरम्यान र डक्टर स्ट्रेन्जमा जस्तो । जसकारण हामी दर्शकमाझ पुग्न सक्छौं ।

निर्माता विजय किरागन्दुरले हालैको एक अन्तर्वार्तामा अक्टोबरपछि मात्र फिल्म सुटिङमा जाने बताए । उनी केजीएफ फिल्म निर्माण कम्पनी हमबेल फिल्मसका प्रमुख समेत हुन् ।

दैनिक भाष्करसँगको अन्तर्वार्तामा उनले भने, ‘हामी मार्भल सिनेम्याटिक युनिभर्सजस्तै शैलीमा फिल्म बनाउन चाहन्छौं । हामी अलग फिल्ममा अलग पात्रहरु ल्याउन चाहन्छौं । स्पाइडरम्यान र डक्टर स्ट्रेन्जमा जस्तो । जसकारण हामी दर्शकमाझ पुग्न सक्छौं ।’

केजीएफ २ ले हिन्दीभाषी क्षेत्रमा समेत भारतमा ४२० करोड कमाएको छ । विश्वभर यसको कमाइ १२०० करोड भारु निकट पुग्न लागेको अनुमान गरिएको छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य