English

‘केजीएफ २’ले विश्वभर कमायो हजार करोड



बलिउड फिल्मका लागि बक्सअफिसमा २५/३० करोड कमाउन पनि मुश्किल परिरहेको समयमा साउथ फिल्मले भने कमाईमा एकसेएक रेकर्ड बनाउँदै गएका छन् । ‘पुष्पा’ र ‘आरआरआर’पछि १४ अप्रिलमा प्रदर्शनमा आएको साउथ फिल्म ‘केजीएफ २’ले सफलताको नयाँ बेन्चमार्क बनाएको छ । फिल्मले प्रदर्शनको तेस्रो हप्तामै हिन्दी भर्सनमा ३५० करोड कमाउन सफल भएको छ ।

त्यस्तै, फिल्मले वर्ल्डवाइड बक्सअफिसमा एक हजार करोड कमाउँदै नयाँ कीर्तिमानी बनाएको छ । योसँगै ‘केजीएफ २’ एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बनेको छ । यसअघि ‘दंगल’, ‘बाहुबली २’ र ‘आरआरआर’ ले यो आँकडा छोएका थिए । अब यो फिल्म भारतीय बक्सअफिसमा ‘दंगल’ र ‘बाहुबली २’ले गरेको लाइफटाइम कलेक्सनलाई उछिन्ने दौडमा निस्किएको छ ।

शुक्रवारबाट प्रदर्शनमा आएका दुई बलिउड फिल्म ‘रनवे ३४’ र ‘हिरोपन्ती २’को असर ‘केजीएफ २’लाई खासै परेको छैन । बरु, यशको फिल्मले दुई बलिउड फिल्मको व्यापार चौपट बनाएको छ । यो फिल्मले इदमा थप आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । प्रशान्त नीलद्वारा निर्देशित फिल्ममा यशसँगै सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राजको अभिनय छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै