English

स्थानीय तह निर्वाचनमा : कुन दलका कतिले जिते ?



निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ ।

आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो ।

आयोगका अनुसार ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ६३८ तहमा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित भएका हुन् । अब ३ हजार ८०५ पदको परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचित हुने जनप्रतिनिधिमा सबैभन्दा ठूलो संख्या नेपाली कांग्रेसका उम्मेदवारको रहेको छ । त्यसपछि ठूलो संख्या क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको रहेको छ ।

आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवारले विभिन्न पदमा विजयी भइसकेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको ३९।२९ प्रतिशत हो ।

एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी भइसकेको आयोगले बताएको छ । कूल विजयी हुने उम्मेदारमा ३३।७६ प्रतिशत एमालेका उम्मेदवार रहेका छन् ।

माओवादी केन्द्रका हालसम्म ४ हजार ७५४ जना जनप्रतिनिधि विभिन्न पदमा विजयी बनेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको १५.१३ प्रतिशत हो ।

जनता समाजवादी पार्टी, नेपालको हालसम्म १ हजार २२० जना उम्मेदवार विजयी बनेका छन् । विजयी उम्मेदवारमा जनता समाजवादी पार्टीको हिस्सा ३.८८ प्रतिशत रहेको छ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट हालसम्म १४ जना विजयी बनेका छन् । यो भनेको विजयी उम्मेदवारको ०.०४४ प्रतिशत हो ।

अन्य साना दल र स्वतन्त्र उम्मेदवार २ हजार ४८९ जना विजयी बनेको आयोगले जनाएको छ । कूल विजयी उम्मेदवारमध्ये ७.९२ प्रतिशत साना दल तथा स्वतन्त्र उम्मेदवारहरू छन् ।

यो पनि…
६३८ पालिकाको मतगणना सम्पन्न
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested