English

स्थानीय तहको नेतृत्वमा अधिकांश युवा



वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा युवाहरुले उत्साहजनक रुपमा उम्मेदवारी दिएको पाइएको छ । निर्वाचन आयोगको तथ्याङ्कले निर्वाचनपछि ठूलो संख्यामा युवाहरु स्थानीय तहको नेतृत्वदायी भूमिकामा पुग्ने स्पष्ट देखाएको छ ।

आयोगको पछिल्लो तथ्याङ्क अनुसार ७५३ स्थानीय तहमा हुने निर्वाचनमा विभिन्न पदमा १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय निर्वाचन मार्फत ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

आयोगका अनुसार यस पटकको स्थानीय निर्वाचनमा उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ जना रहेका छन् । यस्तै ३६ देखि ५० वर्ष उमेर समूहका ६७ हजार १६२ छन् भने ५१ देखि ६५ वर्ष उमेर समूहका ३७ हजार ५४ जना । उम्मेदवारी दिनेमा ६५ वर्षभन्दा माथिका ५ हजार ५२७ जना रहेका छन् ।

कूल उम्मेदवारमध्ये २४.३२ प्रतिशत २१ देखि ३५ वर्षका, ४६.३१ प्रतिशत ३६ देखि ५० वर्षका, २५.५५ प्रतिशत ५१ देखि ६५ वर्षका र ३.८१ प्रतिशत ६५ वर्षभन्दा माथिका रहेका छन् ।

वैशाख ३० गते हुने निर्वाचनमा प्रमुख पदमा ३ हजार २३८ जनाको उम्मेदवारी परेको छ । तीमध्ये २१ देखि ३५ वर्षका ६८० जना, ३६ देखि ५१ वर्ष उमेरका १ हजार ४३२ जना, ५१ देखि ६५ वर्षका ९८१ जना र ६५ वर्षभन्दा माथिका १४५ जना रहेका छन् ।

अध्यक्ष पदमा ३ हजार ९२ जनाको उम्मेदवारी परेकोमा २१ देखि ३५ वर्षका ६२२ जना, ३६ देखि ५० वर्षका १ हजार ४७० जना, ५१ देखि ६५ वर्षका ८३६ र ६५ वर्षभन्दा माथिका १६४ जना रहेका छन् ।

उपप्रमुख पदमा १ हजार ९६४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्षका ४९७ जना, ३६ देखि ५० वर्षका १ हजार २ जना, ५१ देखि ६५ वर्षका ४१५ जना र ६५ वर्षभन्दा माथिका ५० जना रहेका छन् ।

उपाध्यक्ष पदमा २ हजार १६३ जनाको उम्मेदवारी परेकोमा २१ देखि ३५ वर्षका ६८२ जना, ३६ देखि ५० वर्षका १ हजार ६७ जना, ५१ देखि ६५ वर्षका ३८४ जना र ६५ वर्षभन्दा माथिका ३० जना रहेका छन् ।

वडा अध्यक्षमा उठेका ३२ हजार ४९३ जनामध्ये २१ देखि ३५ वर्षका ६ हजार ५६३ जना, ३६ देखि ५० वर्षका १५ हजार २४८, ५१ देखि ६५ वर्षका ९ हजार ३४२ र ६५ वर्षभन्दा माथिका १ हजार ३४३ जना रहेका छन् ।

आयोगका अनुसार सदस्यमा ५३ हजार १७३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्ष ११ हजार ७३१ जना, ३६ देखि ५० वर्षका २२ हजार ९७३ जना, ५१ देखि ६५ वर्षका १५ हजार ७३१ र ६५ वर्षभन्दा माथिका २ हजार ७३८ जना रहेका छन् ।

महिला सदस्यमा ५३ हजार १७३ जनाले उम्मेदवारी दिएकोमा २१ देखि ३५ वर्षका ७ हजार २७९ जना , ३६ देखि ५० वर्षका १२ हजार ८२९ जना, ५१ देखि ६५ वर्षका ४ हजार ९७९ जना र ६५ वर्षभन्दा माथिका ५१२ जना रहेका छन् ।

यस्तै, दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्षका ७ हजार २१३ जना, ३६ देखि ५० वर्षका ११ हजार १४१ जना, ५१ देखि ६५ वर्षका ४ हजार ३८६ जना र ६५ वर्षभन्दा माथिका ५४५ जना रहेका छन् ।

यो पनि…
‘सिंहदरबारमा हेपाहा प्रवृत्ति थियो तर, स्थानीय तहमा त्यो छैन’
स्थानीय तहमा महिला : संख्या कम, काममा अब्बल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested