English

६३८ पालिकाको मतगणना सम्पन्न



गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा जित निकालेका छन् ।

कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मतपरिणाम आएकामध्ये ४४.३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको छ ।

यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो ।

माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सकिएका पालिकामध्ये १७.३९ प्रतिशतमा माओवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवार विजयी बनेका छन् ।

जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालीसकेको छ । यो भनेको कूल मतगणना सम्पन्न भएका पालिकाको ३.१३ प्रतिशत हो ।

एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।

लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कूल मतगणना सम्पन्ना भएका पालिका प्रमुख तथा अध्यक्षको १.०९ प्रतिशत हो ।

आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३.९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यो पनि…
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा
स्थानीय तह निर्वाचनमा महिलालाई अवसर न्यून



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested