बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ ।
यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
बढयो सुनको मूल्य - Brave Nepal - Nepali
[…] सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । […]