English

‘उसिनेको अण्डा जस्तो देखिन्छन् स्टार किड्स’



बलिउड अभिनेत्री कंगना रनावटले बलिउडमा व्याप्त नेपोटिज्मको बारेमा बेला बखतमा आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । जसले गर्दा उनी विवादमा पनि तानिरहेकी हुन्छिन् । एकपटक फेरि उनले स्टार किड्समाथि निशाना साधेकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा उनले स्टार किड्सका कारण बाहिरी व्यक्ति (आउडसाइडर) अवसरबाट बञ्चित हुने गरेको बताएकी छन् ।

अभिनेत्री कंगना बलिउड फिल्म लगातार असफल हुनुको कारण स्टार किड्सलाई मान्छिन् । उनले भनेकी छन्, ‘बलिउड फिल्म यसकारण चलिरहेका छैनन् कि आम दर्शकले स्टार किड्ससँग आफूलाई रिलेट नै गर्न सक्दैनन् । यही कारण हिन्दी फिल्म साउथ फिल्मसँग नराम्रोसँग हारिरहेको छ ।’ बलिउडका स्टार किड्स उसिनेको अण्डा जस्तो देखिने गरेको समेत उनको टिप्पणी छ ।

‘स्टार किड्स पढ्नका लागि विदेश जान्छन् । त्यहाँ अंग्रेजीमा बोल्छन् र हलिउड फिल्म हेर्छन् । उनीहरुको हुकाई र पढाई आम मानिसको जस्तो हुँदैन । उनीहरु चक्कु र काँटाबाट खान्छन् अनि अलग तरिकाले बोल्छन् । त्यस्ता स्टार किड्स दर्शकसँग कसरी जोडिन सक्छन् रु अनि दर्शकले कसरी रिलेट गर्न सक्छन् रु उनीहरु त उसिनेको अण्डा जस्तो देखिन्छन्,’ कंगनाले भनेकी छन् ।

साउथ फिल्म ‘पुष्पा’मा अभिनेता अल्लू अर्जुनले निर्वाह गरेको चरित्रसँग आम दर्शकले आफूलाई रिलेट गर्न सक्ने र त्यस्ता चरित्रमा मजदुरले पनि आफ्नो छाँया देख्ने भएकाले संसारभर साउथ फिल्मको क्रेज बढ्दो रहेको कंगनाको भनाई छ । तर, बलिउडका कुनै पनि हिरो मजदुर जस्तो नदेखिने उनको तर्क छ । बलिउड फिल्म देश र जनतासँग जोडिन नसकेको पनि उनी बताउँछिन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested