English

‘उसिनेको अण्डा जस्तो देखिन्छन् स्टार किड्स’



बलिउड अभिनेत्री कंगना रनावटले बलिउडमा व्याप्त नेपोटिज्मको बारेमा बेला बखतमा आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । जसले गर्दा उनी विवादमा पनि तानिरहेकी हुन्छिन् । एकपटक फेरि उनले स्टार किड्समाथि निशाना साधेकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा उनले स्टार किड्सका कारण बाहिरी व्यक्ति (आउडसाइडर) अवसरबाट बञ्चित हुने गरेको बताएकी छन् ।

अभिनेत्री कंगना बलिउड फिल्म लगातार असफल हुनुको कारण स्टार किड्सलाई मान्छिन् । उनले भनेकी छन्, ‘बलिउड फिल्म यसकारण चलिरहेका छैनन् कि आम दर्शकले स्टार किड्ससँग आफूलाई रिलेट नै गर्न सक्दैनन् । यही कारण हिन्दी फिल्म साउथ फिल्मसँग नराम्रोसँग हारिरहेको छ ।’ बलिउडका स्टार किड्स उसिनेको अण्डा जस्तो देखिने गरेको समेत उनको टिप्पणी छ ।

‘स्टार किड्स पढ्नका लागि विदेश जान्छन् । त्यहाँ अंग्रेजीमा बोल्छन् र हलिउड फिल्म हेर्छन् । उनीहरुको हुकाई र पढाई आम मानिसको जस्तो हुँदैन । उनीहरु चक्कु र काँटाबाट खान्छन् अनि अलग तरिकाले बोल्छन् । त्यस्ता स्टार किड्स दर्शकसँग कसरी जोडिन सक्छन् रु अनि दर्शकले कसरी रिलेट गर्न सक्छन् रु उनीहरु त उसिनेको अण्डा जस्तो देखिन्छन्,’ कंगनाले भनेकी छन् ।

साउथ फिल्म ‘पुष्पा’मा अभिनेता अल्लू अर्जुनले निर्वाह गरेको चरित्रसँग आम दर्शकले आफूलाई रिलेट गर्न सक्ने र त्यस्ता चरित्रमा मजदुरले पनि आफ्नो छाँया देख्ने भएकाले संसारभर साउथ फिल्मको क्रेज बढ्दो रहेको कंगनाको भनाई छ । तर, बलिउडका कुनै पनि हिरो मजदुर जस्तो नदेखिने उनको तर्क छ । बलिउड फिल्म देश र जनतासँग जोडिन नसकेको पनि उनी बताउँछिन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested