English

एकै फिल्मबाट डेब्यू गर्दै बलिउडका यी स्टार किड्स



बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडमा डेब्यू गर्दैछिन्।

सुहानाले जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट बालिउड फिल्ममा डेब्यु गर्न लागेकी हुन्।

यो फिल्ममा सुहाना खानसँगै श्रीदेवीकी छोरी खुसी कपूर, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि डेब्यु गर्दैछन्।
उनीहरुको डेब्यूलाई लिएर बलिउड फिल्मकर्मीहरुले बधाई तथा शुभकामना दिइरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म नेटफ्लिक्समा प्रदर्शन हुनेछ।

लामो समयदेखि सुहाना र खुसीले फिल्म खेल्ने चर्चा चलिरहेको थियो। अन्ततः उनीहरुले निर्देशक जोयाको फिल्मबाट एकसाथ डेब्यू गर्ने भएका छन्।
फिल्ममा सुहाना र खुसी जोडिएसँगै अभिताभ बच्चनका नाति अगस्त्यले पनि फिल्मको प्रस्ताव स्वीकार गरेका हुन्।

साथै अभिनेता शाहरुख खानले छोरी सुहानाको बलिउड डेब्यूलाई लिएर सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।

‘सुहाना तिमी यो कुरा याद राख तिमी कहिले पनि परफेक्ट हुन सक्दैनौ। तर आफै प्रस्तुत भयौ भने सफलताका नजिक हुनेछौ। दयालु बन अनि कलाकारको रुपमा आफ्नो उत्कृष्ट देऊ। ताली र गाली के पाउँछौ, त्यो तिम्रो नियन्त्रणमा छैन। मान्छेको हृदयसम्म पुग्नका लागि यो बाटो अन्तहीन छ। मुस्कुराएर अगाडि बढ्दै जाऊ। अब लाइट, क्यामरा र एक्सन हुन देऊ। एक अभिनेताको तर्फबाट शुभकामना ’ उनले ट्विटरमा लेखेका छन्।

सुहानले पनि उनको पोस्टमा जवाफ दिँदै लेखेकी छन्, ‘लभ यु पापा।’

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested